दमकमा खोलामा डुवेर बालकको मृत्यु

दमक, ३१ असार । दमकमा पौडी खेल्न गएका एक बालकको ज्यान गएको छ । दमक- ९ अर्नाखाडी बस्ने रतन धिमालका ११ बर्षिय छोरा रमन धिमालको खोलामा डुवेर ज्यान गएको हो ।
दमक -९ स्थित टुकुरे र बेतनी खोलाको दोभानको खोलामा बालक आज विहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक स्थानीय पाणिनी माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिए । पौडी खेल्न भनी घरबाट हिजो सोमबार निस्किएका रमन घर नफर्किएपछि परिवारजनले खोजतलास गरेका थिए । वेपत्ता रमनको खोजतलास गर्ने क्रममा आज बिहान खोलामा मृत अवस्थामा फेला पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published.