दाहालको कृति ‘जीवनको यात्रामा’ लोकापर्ण

दमक ,३० असार । दमकमा रहेर लामो समय सम्म सामाजिक कार्यमा सकृय सामाजिक व्यक्तित्व भवानीप्रसाद दाहालको ‘जीवनको यात्रामा’ कृति लोकापर्ण गरिएको छ ।आफनो ७७ औ जन्मदिनको अवसर पारेर उनले आज दमकमा औपचारिक कार्यक्रम गरि कृति लोकापर्ण गरेका हुन् ।
कृतिको संबिधानसभा सदस्य दिपक कार्की , कोशी प्रदेश सभा सदस्य होम बहादुर थापा,पूर्व सांसद तारा सम्यङ्याले संयुक्त रुपमा लोकापर्ण गरे । कृतिमा उनको जीवनीमाथि विभिन्न लेखकहरुका विचार समेटिएको छ ।
कृति लोकापर्ण समारोहमा गौरादह क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल काफ्लेले कृति माथि समिक्षात्मक टिप्पणी गरेका थिए । त्यस्तै,कृति माथि जेष्ठ नागरिक जिल्ला संघ झापाका उपाध्यक्ष सुर्यनारायण गणेश , नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले चर्चा गरेका थिए ।
दमक ८ मा स्थायी बसोबास गरिआउनुभएका दाहाल जेष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष, दमकका पूर्व वडाअध्यक्ष , राधा माधव समितिका संरक्षक ,पूर्व शिक्षक ,पाणीनी माविका पूर्व अध्यक्ष लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुको जिम्मेवारी सम्हालिसकेका छन् ।
ज्येष्ठ नागरिक जिल्ला संघ दमक नगर समितिका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारी,प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष सीताराम खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।साहित्यकार धनकुटे कान्छाले सञ्चालन गरेको उक्त कार्यक्रममा सामाजिक तथा साहित्यिक व्यक्तित्वहरु खेमलाल प्रोख्रेल, पशुपतिराज गौतम, धनञ्जय बास्कोटा, ओमप्रसाद खनाल,गोपाल प्रसाद दहाल,रधुनाथ खरेल, बेनुप्रसाद चुडाल लगायतको उपस्थिति रहेको थियो ।
ज्येष्ठ नागरिक जिला सघ दमक नगर समितिका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद थपलिया को अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक कमल प्रसाद दहालले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.