झापामा एक अर्ब ३१ करोड ५७ लाख बेरुजु


सवैभन्दा बढी बुद्धशान्तिमा,कम हल्दिवारीमा
झापा, ३१ असार। झापामा गत आर्थिक बर्ष २०७७-०७८ मा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जिल्लाका १५ वटा पालिकाको कूल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी ) र (खर्च ) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु देखिएको हो ।
जिल्लाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु बुद्धशान्ति गाउँपालिकामा ७ दशमलव ५० प्रतिशत, गौरीगञ्ज गाउँपालिकामा ७ दशमलव ४९ प्रतिशत र बिर्तामोड नगरपालिकामा ६ दशमलव २३ प्रतिशत देखिएको छ –
बुद्धशान्तिको लेखा परीक्षक रकम एक अर्ब ३७ करोड ४९ लाख ९६ हजार रकममध्ये १० करोड ३० लाख ८७ हजार, गौरीगञ्जको एक अर्ब १४ करोड ९४ लाख ३५ हजारमध्ये ८ करोड ६१ लाख २६ हजार र बिर्तामोडको दुई अर्ब ९० करोड ६० लाख ३१ हजारमध्ये १८ करोड ११ लाख ९१ हजार रकम बेरुजु देखिएको हो ।
त्यस्तै कचनकवल गाउँपालिकाको एक अर्ब १४ करोड १९ लाख ६५ हजारमध्ये ७ करोड ८ लाख ८७ हजार (६.२१), शिवसताक्षी नगरपालिकाको दुई अर्ब ५ करोड ३२ लाख ४९ हजारमध्ये १२ करोड ३४ लाख २३ हजार (६.०१ ), मेचीनगर नगरपालिकाको ३ अर्ब ५० करोड ३९ लाख २ हजारमध्ये २० करोड ५५ रुपैयाँ (५.७१) र बाह्रदशी गाउँपालिकाको एक अर्ब ९ करोड ५२ लाख ५३ हजारमध्ये ५ करोड ७७ लाख ५ हजार (५.२७) प्रतिशत रकम बेरुजु देखिएको छ ।
त्यसैगरी कनकाई नगरपालिकाको एक अर्ब ७० करोड ६१ लाख २१ हजारमध्ये ७ करोड ९३ लाख ५ हजार (४.६५), कमल गाउँपालिकाको एक अर्ब ६१ करोड ४ लाख ८६ हजारमध्ये ६ करोड ८८ लाख ४२ हजार (४.२७), अर्जुनधारा नगरपालिकाको एक अर्ब ७६ करोड ८० लाख ९५ हजारमध्ये ७ करोड १३ लाख ४६ हजार (४.०४ ) प्रतिशत बेरुजु देखिएको छ ।
त्यस्तै भद्रपुर नगरपालिकाको एक अर्ब ९४ करोड १५ लाख ६८ हजारमध्ये ६ करोड ६७ लाख ३८ हजार (३.४४), गौरादह नगरपालिकाको एक अर्ब ९६ करोड २ लाख ७७ हजारमध्ये ६ करोड २३ लाख ५२ हजार (३.१८ ), झापा गाउँपालिकाको एक अर्ब ११ करोड ९२ लाख एक सयमध्ये ३ करोड ५५ लाख ५५ हजार (३.१८), दमक नगरपालिकाको ३ अर्ब ३० करोड ८६ लाख १२ हजारमध्ये ८ करोड ३४ लाख १४ हजार (२.५२ ) र हल्दिबारी गाउँपालिकाको एक अर्ब १७ करोड २२ लाख ९८ हजारमध्ये २ करोड ५६ लाख ८५ हजार (२.१९) प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानून बमोजिम रित नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।
गत वर्ष मुलुकभरका गाँउपालिका मध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका सबैभन्दा कम बेरुजु गरेर पहिलो बनेको थियो । यो वर्ष पनि सिरिजङ्गाले त्यसैलाई निरन्तरता दिन सफल भयो । सिरिजङ्गा गाँउपालिकाले ०७६-०७७मा सुन्य प्रतिशत बेरुजु गरेको थियो भने ०७७-०७८मा पनि त्यसैलाई कायम राख्न सफल भयो । पछिल्लो प्रतिवेदन अनुसार सिरिजङ्गा १ अर्ब ०९ करोड ८२ लाख ३८ हजारको लेखा परिक्षण गराएकोे थियो । ०७७-०७८मा बेरुजु नगर्ने अन्य २ पालिका पनि थपिएका छन् । प्युठानको मल्लरानी र सरुमारानी गाउँपालिकाले गरेको आर्थिक कारोबारमा लेखापरिक्षकको कार्यालयले बेरुजु भेट्टाउन सकेन । ति दुई पालिकाको पनि ० प्रतिशत बेरुजु छ ।
यता नगरपालिकामध्येबाट झापाको शिवसताक्षी नगरपालिकाले गत ०७६-०७७ मा ०.६ प्रतिशत मात्र बेरुजु गरेर मुलुकमै कम बेरुजु गर्नेमा पहिलो नगरपालिका भएको थियो ।
०७७-०७८मा शिवसताक्षी नगरपालिकाले ६ं.०१ प्रतिशत बेरुजु ग¥यो । अघिल्लो रेकर्ड कायम राख्न नसक्दा झापाका १५ पालिकामा शिवसताक्षी नगरपालिका बेरुजु गर्नेमा १०औं नम्बरमा उक्लियो । शिवसताक्षीमा २ अर्व ०५ करोड ३२ लाख ४९ हजारको लेखा परीक्षण भएको थियो ।
झापामा सबैभन्दा कम हल्दिबारी र बढी बुद्धशान्ति गाउँपालिकाले बेरुजु गरेको छ । हल्दिबारीले २।१९ प्रतिशत बेरुजु गरेको छ भने बुद्धशान्तिले ७.५ प्रतिशत बेरुजु गरेको छ ।
यता सबैभन्दा बढी बेरुजु धादिङको गल्छी गाँउपालिकाले गरेको छ । उसले २४.११ प्रतिशत रकम बेरुजु गरेको छ । लेखापरीक्षकको प्रतिवेदनमा ७६ करोड १० लाख ७३ हजारको लेखा परीक्षण भएको थियो ।
सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखापर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलम हो, जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औँल्याएको हुन्छ ।

Leave a Reply

Your email address will not be published.