
–छविराज ढकाल
पथरीशनिश्चरे, ३१ असार । आर्थिक वर्ष २०७७-०७८ का लागि पथरीशनिश्चरे नगरपलिकाद्वारा विनियोजित बजेट कार्यान्वयनको समयावधि आज विहिवार सकिएको छ।
चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट खर्च हुने समयावधि सकिँनै लाग्दा करिब ८५ प्रतिशत खर्च भएको हो ।संघीय तथा प्रदेश सरकारहरूबाट विभिन्न शिर्षकमा प्राप्त भैई कार्यान्वयन सम्पन्न भएका सबै कार्यक्रम तथा परियोजनाका लागि विनियोजित बजेटको रकम निकासा र फर्छ्योट भएको प्रशासनिक अधिकृत तुलसी प्रसाद खरेलले जानकारी दिएका छन् । चालु आवमा नगरको वास्तविक आय ६८ करोड ८१ लाख ४१ हजार रुपैयाँ हो। जसमा आव ०७७-०७८को चालु बजेट बाट ८३.३ प्रतिशत र पुँजीगत तर्फ ६६.३प्रतिशत बजेट खर्च भएको छ ।जस अन्तर्गत चालु खर्च ३७ करोड ११ लाख २१ हजार रुपैयाँ खर्च भएको हो भने पुँजीगत तर्फ कुल २३करोड ६९ लाख ९९ हजार रुपैयाँ खर्च भएको हो। शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा कार्यरत तलवी कर्मचारीहरुले पाउन वाकी रहेको रकम सहित कुल ८ करोड २० रूपैयाँ नगद रकम मौज्दात रहेको नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए।
गत आठौं नगरसभाले चालु आर्थिक वर्ष ०७७-०७८का लागि आम्दानी तर्फ ८० करोड रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरेको थियो ।
जसमा, राजस्व कूल ६४ करोड ७३ लाख ६४ हजार रुपैयाँ संकलन हुने आयको प्रक्षेपण गरिएको थियो ।जस अन्तर्गत आन्तरिक स्रोतबाट १३ करोड ४६ लाख १२ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको थियो।
यसैगरी, राजस्व बांडफांडबाट १२ करोड ९७ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको थियोे भने अन्तरसहकारी वित्तिय हस्तान्तरण शीर्षक अन्तर्गत ४८ करोड २६ लाख २७ हजार प्राप्त हुने आंकलन गरिएको थियो।
उता , संघीय सरकारको समानिकरण अनुदान, सशर्त अनुदान चालु, विशेष अनुदान चालु र समपुरक अनुदान चालु शीर्षक अन्तर्गत४६ करोड ४९ लाख रुपैयाँ प्राप्त हुने र प्रदेश सरकारबाट पनि समानीकरण अनुदान र समपुरक अनुदान चालु अन्तर्गत १ करोड ७७लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्राप्त हुने लक्ष्य राखिएको थियो।
यसैगरी, चालु आर्थिक वर्षका लागि कूल ७४ करोड ७१ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित खर्च हुने प्रक्षेपण गरिएको थियो। जसमा चालु खर्चतर्फ ३८ करोड ९९लाख ९६ हजार र पुँजीगत खर्च अन्तर्गत ३७ करोड ७१ लाख ३० हजार रुपैयाँ वार्षिक खर्च हुने अनुमान गरिएको छ भने गत वर्ष नगद मौज्दात ९ करोड ९७ लाख ६२ हजार रुपैयाँ नगद मौज्दात रहेको वार्षिक नगर विकास योजना ९ आव २०७७-०७८ को नीति कार्यक्रम तथा बजेट० पुस्तकमा उल्लेख गरिएको छ ।
यसैगरी, आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि गत असार १० गते सम्पन्न भएको नगरसभाले अघिल्लो आवको भन्दा १५ करोड रूपैयाँ बढिको बजेट ल्याएको छ । जसमा ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आय हुने प्रक्षेपण छ।
जसअन्तर्गत ३ करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने छ भने राजस्व बाँडफाँडबाट १३ करोड ४६ लाख ६९ हजार ४ सय २० रुपैयाँ प्राप्त हुने अनुमान छ ।
उता, संघीय सरकारबाट समानिकरण अनुदान , सशर्त अनुदान पुजिगत र चालु , समपुरक तथा विशेष अनुदान शिर्षकमा कूल ४८ करोड ८५ लाख रुपैयाँ प्राप्त हुने भनिएको छ । त्यस्तै, प्रदेश सरकारबाट समानीकरण र सर्शत अनुदान – करूणा फाउण्डेशनबाट कुल १ करोड २६ लाख ४६ हजार र अन्य स्रोतबाट २९ करोड ७लाख ९६ हजार ३ सय २४ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको छ ।
चालु आवमा नगरले संघीय सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ३ करोड २४ लाख ३७ हजार ४ सय २५ रूपैयाँको लागतमा बुद्ध मार्गमा गत वर्षको बांकी सहित थप कालोपत्रे गर्ने काम भएको छ भने दोहुलु शुक्रबारे सडकमार्ग र रजग जयन्ती मार्गमा कालोपत्रे गर्न संघीय सरकार तथा प्रदेश सरकारबाट एकमुष्ट १ करोड ७५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको थियो । त्यस्तैगरी , वडा कार्यालयको भवन निर्माणका लागि जिल्ला समन्वय समिति र व्यापारिक भवन निर्माण गर्न संघीय सरकारले १ करोड रुपैयाँको दरले रकम प्रदान गरिएको थियो। साना- ठूला थुप्रै भौतिक पूर्वाधार तथा संरचना निर्माण गरिरहेको यस नगरले बुद्ध मार्ग,रजत जयन्ती,दोहोलु शुक्रबारे , शहिद रत्नमार्ग लगायतका सडकको कालोपत्रे गर्न तथा मर्मत ( स्तरोन्नतिका लागि करिब ४ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ ।
विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण सहितको स्वास्थ्य सेवा प्रभावकारी तुल्याउन १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ भने निजी तथा सामुदायिक विद्यालयहरूले दिदै आएको शिक्षामा गुणस्तर सुधारका निम्ति र कृषि,पशु, सहकारी तथा लघुवित्त कार्यक्रम संचालन गर्न १ करोड २५ का दरले रकम विनियोजन गरिएको छ । यसैगरी, नगरका १० वटै वडाहरूलाई ८७ लाख ५० हजारका दरले सिलिङ बजेट विनियोजन भएको छ ।भेल ,बाढी, पहिरो, आगजनी, आदि विपद व्यवस्थापनका लागि ६० लाख रुपैयाँ छुट्याएको छ भने संघ( संस्था, सामुदायिक वन,मठ मन्दिर, खेलकुद विकास, बसोबास व्यवस्थापन, संचार ,भाषा,कला , साहित्य प्रवर्द्धन , न्यायिक तथा विधान समिति लगायतका शिर्षकहरुमा जम्मा १ करोड ३६ लाख रुपैयाँ बराबरको अनुमानित खर्च हुने प्रक्षेपण गरिएको छ।
सामाजिक सुरक्षा भत्ता शिर्षकमा २८ करोड रुपैयाँ ,चालु तथा प्रशासनिक खर्च १३ करोड ८५ लाख ११ हजार ७ सय ४४ रूपैयाँ, सरकारी तलवी कर्मचारीहरुलाई २३ करोड ६६लाख रूपैयाँ खर्च हुने अनुमान गत ११ गते नवौँ नगर सभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेटबारे पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।