रतुवा खोलाको पुल अलपत्र, सर्वसाधारणलाई सास्ति


दमक ३१ असार ।पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङ खण्डको सिमानामा रहेको रतुवा खोलाको पक्कि पुलले अझै पूर्णता पाउन सकेको छैन । सरकारले त्यस स्थानमा करोडौ रुपैया खर्चिएर पक्कि पुल त बनाएको छ तर त्यो प्रयोग बिहिन अवस्थामा रहेको छ । स्थानीयवासीहरुले हिउँदको समयमा जसो जतो सो पुल भएर कठिनको यात्रा संम्भब गदै आएका भएपनि बर्षा शुरु भएलगत्तै यस क्षेत्रका सर्वसाधारणहरुले पुल बन्नु अघिकै नियतीलाई भोग्न बाध्य हुने गरेका छन ।

रतुवा खोलाको यस स्थानमा आवश्यक भन्दा निकै छोटो पुल निर्माण हुदा अहिले सर्वसाधारणकालागि मात्र नभएर राज्यकालागि पनि दुरदशा बनेको छ । हुलाकी सडक अन्र्तगत झापा खण्डको गौरिगंजदेखि पश्चिम ११ किलो मिटर सडक पनि कालो पत्रे बनिसकेको छ । तर रतुवा खोलाको नवनिर्मित पुलले उदेश्य अनुसारको कामगर्न नसक्दा यस क्षेत्रका सर्वसाधारणको पीडा वर्षा याम शुरु भएसंगै चुलीने गर्दछ । पुल बनेको निकै समय बितिसकेको भएपनि खोलाको बिचभागमा मात्र पुल बनेकाले जति बाँध लगाएपनि बाढिको भार थेग्न नसकी प्रत्येक वर्ष भत्किने गरेपछि बिशेष गरेर वर्षा याममा पुल भएर गरिनु पर्ने यात्रा झनै असंम्भब र कठिन बन्ने गरेको गौरिगंज २ का स्थानीयबासी दिनेश नेपालले गुनासो गरे ।

आर्थिक वर्ष ०६४र६५ मा भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पारि काठमाडौंको कालिका–ओसिए जेभीले २ सय ५ मिटर लामो पुल निर्माण गरेको थियो । मोरङ–सुनसरी पुल आयोजना अन्र्तगत निर्माण भएको पुल खोलाको वास्तबिक भागभन्दा निकै कम छोटो निर्माण हुदा समस्या उत्पन्न भएको हो । खोलाले यस बर्षपनि झापा तर्फ पुलको पूर्विभागको बाँध बगाएपछि सो पुले भएर हुने आवागमन ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published.