
दमकमा आयोजित दिपप्रज्वलनमा गरिदै
दमक,३० असार । संसद विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकसहित झापा भरि दिप प्रज्वलन गरिएको छ । हिजो मंगलवार साँझ जिल्लाभरि नै नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी,संघीय लिम्बूवान मञ्च नेपालसहितका दलहरुले अदालतको फैसलाको स्वागत गर्दे खुसीयालीमा दिप प्रज्वलन गरिएको हो।
ती दलहरुले दिपप्रज्वलनसहितको कोणसभामा बोल्दै वक्ताहरुले सर्वोच्च अदालतको फैसलाबाट न्यायमूर्ति प्रतिउच्च सम्मान रहेको बताए । दमकको गणतन्त्र चौंका आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिकको खबरदारीलाई सर्बोच्चले सम्मान गरेको बताए । ओली सरकारले ध्वस्त पार्न लागेको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र लाई अदालतले जोगाइ दिएकाले अब देशलाई विकास र समृद्धि बनाउन दलीय सहकार्यमा जोड दिए ।
कांग्रेस दमक सभापति रोशन विष्टको अध्यक्षतामा भएको दिप प्रज्जवलन कार्यक्रममा माओवादी केन्द्रकी नेतृ राधिका ओझा , संविधानसभा सदस्य बिश्वदिप लिङ्देन ,जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपमहासचिव भानु भट्टराई लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्रका नगर सचिव शंकर बस्नेतले गरेका थिए ।
यसैगरि अदालतको फैसलाको स्वागतमा गौरादह ,कमलमा पनि ती दलहरुको स्थानीय तहले दीप प्रज्ज्वलन गरेका छ्न् ।गौरादहमा आयोजित स्वागत कार्यक्रममाकांग्रेस गौरादह नगर सभापति यादवराज सेढाई, नेबिसंघका युवा नेता रबिन ढुंगाना,गोपाल कोइराला लगायतले नेपाली जनताले कम्युनिष्टलाई नचाहेको दावी गरे।
उनीहरुले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा मध्यरातमा संविधानको घोर अपमान गर्दै संसद विघटन गरी चिरहरण गरेको स्मरण गराउँदै सर्वोच्चको कदमले संविधानलाई ट्र्याकमा ल्याउने काम भएको औल्याएका थिए ।यस्तै कमलको पाडाजुंगीमा पनि दलहरुले फैसलाको खुसीयालीमा दिपप्रज्वलन गर्नुका साथै कोणसभा गरेका थिए ।


दमकमा भएका कार्यक्रममा सहभागीहरु ( फोटो सौजन्य -दिपेश दाहाल )