दमक,३० असार । दमक उद्योग बाणिज्य संघले दमकमा रात्री वजार ११ वजेसम्म खुला राख्ने वातावरण बनाईदिन प्रशासनसंग माग गरेको छ । विभिन्न प्रतिबन्धात्मक व्यवस्थाका कारण दमकमा पनि व्यवसायीहरुले कठिनाई भोग्नु परेको उल्लेख गर्दे संघले केहि सहजता आएसंगै अव दमकमा होटल,रेष्टुरेन्ट ,दोहोरी लगायतका रात्रीकालीन व्यवसायलाई रातको ११ बजे सम्म सञ्चालन गर्न पाउने बाताबरण तयार गरिदिन माग गरेका हुन् ।
संघका अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल) ले झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाउदै वजार तथा व्यवसायिक सुरक्षाका लागि पहल गरिदिन उल्लेख गरेका हुन् । प्रहरीले दमकमा रातको १० वजेसम्म होटल,रेष्टुरेन्ट लगायतका सवै व्यापार,व्यवसायहरु बन्द गराउदै आएको छ । रात्रीकालीन व्यवसायीहरुले भने रातको १० वजेनै बन्द गर्दा आफूहरुको व्यवसाय चौपट भएको गुनासो गरिआएका छन् ।
दमकमा आइतवार इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन आएका प्रजिअ बाँस्तोलालाई संघको एक टोलीले भेट गरि त्यस्तो ज्ञापनपत्र बुझाएको संघका बरिष्ठ उपाध्यक्ष राजु खड्काले बताए ।