भानु जयन्तीमा प्रतियोगितात्मक रामायण वाचनसहित कविता वाचन

दमक ,२९ असार। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल,साहित्य कला सङ्गम र भट्टराई कुल बंश प्रतिष्ठान छोरी बुहारी सञ्जालको संयुक्त आयोजनामा शुक्रवार दमकमा भानु जयन्ती मनाईएको छ ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा प्रतियोगितात्मक रामायण संगै कविता वाचन कार्यक्रम भएको थियो । रामायण वाचनतर्फ पूर्णमाया बस्नेत प्रथम,गोबिन्द न्यौपाने द्वितीय , राधिकादेवी अधिकारी तृतिय र सन्ध्या भट्टराईले सान्तवना प्राप्त गरेका थिए ।
कविता वाचनतर्फ गरिमा न्यौपाने प्रथम,कमला धिमीरे द्वितिय र ईशान केरुङ तृतिय भएका थिए । प्रा.डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमा दमक नगर पालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओली, प्रलेस कोसी प्रदेशका सचिव राजेन्द्र सर्वहारा, भट्टराई कुल बंश प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराई , दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी, साहित्यकला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्यौपाने ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष डोयना दाहाल को आतिथ्यता रहेको थियो ।
साहित्यकला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनाल र सचिव बिवश बलिभद्र कोईरालाले सयुक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व शिक्षक तथा समाजसेवी कमल प्रसाद दाहालको नेतृत्वमा रहेको दाहाल परिवारले बिजेतालाई पुरस्कारको ब्यबस्था गरेका थिए ।उक्त प्रतियोगीताको मूल्याङ्न साहित्यकार यादवप्रसाद अधिकारी,पदमप्रसाद रेग्मी र ज्योती भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा साहित्यकार बाला भट्टराईबाट निर्देशित ‘घाँसी’भानुभक्त सम्वाद सहितको नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु बिन्दु दहाल मुकदर्शक,हरि पराजुली, गोपाल दाहाल,अम्विकाप्रसाद सापकोटा,डिल्ली निरौला,मेघनाथ बन्धु,कमल भट्टराई, रघुनाथ भण्डारी लगायत ज्येष्ठ बुवा ,आमाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.