पाणिनी माविलाई शैक्षिक सामाग्री हस्तान्तरण


दमक,३० असार । भारतिय राजदुताबासमार्फत दमक -९ स्थित पाणिनी माध्यमिक विद्यालयलाई करिव रु ३ लाख ५० बराबरको ४ थान कम्प्यूटर र २ थान प्रिन्टर सहयोग उपलव्ध गराएको छ ।
राजदुतावासका रक्षा सहचरी तथा गोरखा सैनिक बोर्डका सचिव कर्णेल अमित कुमार शर्माको प्रमुख आतिथ्यता तथा मेजर भरत कनोजियाको उपस्थितिमा उक्त शैक्षिक सामग्रीहरु प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले बताए । उक्त शैक्षिक सामाग्रीहरु विद्यालय तथा बिद्यार्थीहरुको शैक्षिक उन्नतिका उपलव्ध गराइएको हो ।
उक्त शैक्षिक सामाग्रीहरु स्थानीय शैक्षिक दाता, स्थानीय अगुवा तथा भारतिय गोर्खा भुपू सैनिक अनेरेरी कम्तान गोपाल तामाङ्ग लगायतले पहल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.