दमक,३० असार । नेपालका विभिन्न सहरमा सञ्चालित फ्रि जापानी भाषा र भिसा उपलब्ध गराउने भिक्टोरी निहोन एजुकेशनल कन्सलल्टेन्सी (जापान जाने बाटो ) अब झापाको दमकसंगै जोडिएको कमल गाउँपालिकामा पनि खुलेको छ ।
देशका विभिन्न सहरबाट सेवा सञ्चालन गरेको भिक्टोरी निहोन एजुकेशनल कन्सल्टेन्सी (जापान जाने बाटो ) ले अब कमल ५ पाडाजुंगीमा सेवा सञ्चालन शुरु गरेको कमल शाखाका सिइओ पारुहाङ राईले जानकारी दिए । दमक- कमलमा यो शाखा कन्सलटेन्सीको १२ औं शाखा हो । दमकसंगै जोडिएको कमल ५ पाडाजुंगीसहित त्यस आसपासका विद्यार्थीलाई लक्षित गरि सेवा सञ्चालन ल्याइएको इन्स्टिच्यूटका शाखा सिइओ राईले बताए । शाखा सञ्चालन शुभारम्भ कार्यक्रममा मुख्य कार्यालयका सञ्चालकहरु शिवराज पौडेल,कमल बराल लगायतको उपस्थिति रहेको थियो ।
‘हामी निशुल्क रुपमा जापानी भाषा सिकाउँछौँ । पाठ्यपुस्तक पनि निशुल्क नै उपलब्ध गराउँछौँ’, प्रवन्ध निर्देशक डिल्लीप्रसाद खनालले भने, ‘जापानका लागि आवेशन प्रोसेस पनि निशुल्क नै हुन्छ । भिसा आएपछि मात्र शुल्क लिन्छौँ त्यो पनि भिसाको शुल्क मात्र लाग्नेछ । अरु सेवा निशुल्क नै हुनेछ ।’ निशुल्क भाषा र भिसाप्रोसेसले ग्रामीण भेगका विद्यार्थीलाई धेरै ठूलो राहत पुग्ने उनले बताए ।
कक्षा १२ उतीर्ण गरेर बसेका विद्यार्थीहरुलाई विशेष राहत प्राथमिकता र विशेष प्याकेज रहेको इन्स्टिच्यूटले जनाएको छ । ‘हामी एकै बर्षमा जनवरी, अप्रिल, जुलाइ र अक्टोबर गरी चार पटकसम्म भिसाका लागि आवेदन गर्नेछौँ’, इन्स्टिच्यूटका शाखा सञ्चालक सिइओ राईले भने, ‘हाम्रो इन्स्टिच्यूटको कार्यालय सिधै जापानको फुकुओकामा रहेको छ र त्यहाँका २१ वटा सहरका ७७ वटा कलेजमा हाम्रो सम्पर्क छ । त्यहाँका विद्यार्थीले रोजेका कलेज भर्ना र पार्ट टाइम जबका लागि समन्वय गरिदिनेछौँ ।’ नेपालको नारायणगढमा प्रधान कार्यालय र काठमाडौँ, पोखरा, पाल्पा, बेनी, दाङ, सर्लाही लगायतका मुख्य शहर तथा वजार क्षेत्रमा शाखा सञ्चालनमा छन् ।
जापानबाट फर्केका दक्ष, अनुभवी र योग्य शिक्षकहरुबाट निशुल्क रुपमा पढाइ हुने भएकाले पनि यस क्षेत्रका विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि विश्वासिलो गन्तव्य बन्दै गएको इन्स्टिच्यूट सञ्चालकको दावी छ ।