झापा,३० असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।
आन्दोलनरत पाँच विद्यार्थी संगठनसँगको वार्तापछि निगम मूल्य घटाउन सहमत भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ।
मूल्यवृद्धिका विरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं ) ले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएका थिए। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको नृतृत्वमा नयाँ सरकार निर्माण भए लगत्तै इन्धनको मूल्यमा प्रतिलिटर रु १ रुपैया मूल्य घटाएको हो ।