लघु उद्यमीका लागि सामग्री हस्तान्तरण

पथरीशनिश्चरे, ३० असार । पूर्वी मोरङको पथरीशनिश्चरे नगरले लघु उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले उद्यमीहरूलाई आवश्यक सामग्री वितरण गरेको छ ।
नगरको लघु उद्यम विकास शाखाको आयोजनामा महिला उद्यमी विकासका निम्ती वडा नम्बर २ मा १६ जनाका लागि ६५ दिने आधारभूत र १५ जनाका लागि ३० दिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । साथै, तालिमका सहभागि सवैलाई ५० प्रतिशत साझेदारीमा सिलाई कटाई मेसिन प्रदान गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, कार्यपालिका सदस्य अरुणा राई, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दाहाल लगायतको उपस्थितिमा नगरले तालिममा सहभागी लघुउद्यमीलाई आवश्यक सामग्री वितरण गरेको हो ।
सामाग्री हस्तान्तरण गर्दे नगर प्रमुख राईले लघु उद्यशीलतातर्फ अभिबृद्धि गर्न स्थानीय सरकारले सधै सहयोग रहने जोड दिए ।

यसैगरी, वडा नम्बर ७ स्थित किर्तिपुरमा ढाका वार्पिङ स्तरोन्नती सम्बन्धी ९ जना लाई १५ दिने आधारभूत र १६ जनालाई एडभान्स तालिम दिइएको हो । जसमा, एउटा वार्पिङ मेसिन, ६ वटा सिलाई मेसिन र ६ वटा इन्टरलक मेसिन समेत प्रदान गरिएको लघु उद्यम कार्यक्रम सहजकर्ता भगवती कटुवालले जनाएका छन् ।
यसैगरी, लघु उद्यम कार्यक्रम अन्तर्गत नै वडा नम्बर २ मा १२ जना बंगुरपालकका लागि १२ वटा वंगुरका पाठा पनि वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.