प्रदेश १ मा आज ४३९ नयाँ संक्रमित थपिए

दमक,३० असार । झापाका १६५ सहित प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ५५९० रहेको छ । आज ३४२ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

देशभर २ हजार ९०५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जना गरी जम्मा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो मंगलबार १ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १२ जना संक्रमितले ज्यान गुमाएको थिए । हिजोको तुलनामा आज संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.