भिनाजुद्वारा गोली हानी सालीको हत्या

इटहरी,३० असार । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा भिनाजुद्वारा सालीलाई गोली प्रहार गरि हत्या गरेका छन् । राती करिब १ बजे १८ वर्षीया किशोरी अर्सी खातुनको गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार किशोरीको हत्या उनकै भिनाजु, भारत बिहारस्थित पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिँया जटले गरेका हुन् । गोली टाउकोमा लागेका कारण घटनास्थलमै अर्सीको ज्यान गएको थियो। हत्या पछि आजात मिया फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल भारतको सीमासँग अति नजिक रहेको छ । हत्या पारिवारिक नातामा संलग्न व्यक्तिबाट भएकाले परिवारभित्रको आन्तरिक समस्या र सम्बन्धका कारण भएको हुन सक्ने प्रहरीको आशंका छ ।

’हत्याको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन’, सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भने,’अनुसन्धान तीव्र पारेका छौं, अभियुक्तको खोजीका लागि भारतीय सुरक्षा निकायसँग पनि समन्वय गरिरहेका छौं।’

Leave a Reply

Your email address will not be published.