गौरीगञ्ज -१ का विपन्न परिवारलाई ग्याँस चुल्हो

गौरीगञ्ज,३० असार । जिल्लाको गौरीगञ्ज गाँउपालिका वडा नं १ को वडा कार्यालयले आफना वडाका विपन्न तथा एकल महिलाहरुलाई खाना पकाउने सिलिण्डर ग्याँस र चुल्हो सेट वितरण गरेको छ ।
वडा कार्यालयले लक्षित समुदायका ६५ परिवारलाई खाना पकाउन सहजताका लागि जनही एक , एक थानका दरले चुल्हो सेटसहित सिलिण्डर ग्याँसको सेट वितरण गरिएको वडा कार्यालय ले जनाएको छ ।
मंगलबार वडा कार्यालय परिसरमा सक्षिंप्त कार्यक्रम गरि वडाध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य भिम प्रसाद राजवंशी, वडा सदस्यहरु राजभक्त सुनुवार, जानुका गौतम, सुनिता पासवान लगायतले ती सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष राजवंशीका अनुसार वडा कार्यालयको कूल ४ लाख रुपैयाको बजेटमा ग्याँस सिलिण्डर, चुल्होसहितको सेट प्रदान गरिएको हो । वडाले आगामी दिनमा पनि यस किसिमका गरीब तथा विपन्नलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने उनले बताए ।

सो अवसरमा लाभग्राहीका तर्फबाट फुलमाया उप्रेती, सोम सोरेन र मंगलचन्द्र झाले धन्यवाद व्यक्त गर्दे ग्याँस चुल्होको सदुपयोगमा प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.