भानु जयन्तीमा पत्रकार पौडेल पुरस्कृत

काकड्भिट्टा,२९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले २०८ औं भानु जयन्तीको अवसरमा पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ ।
जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले विभिन्न ५ वटा विधामा पुरस्कार स्थापना गरेर वर्षेनि वितरण गर्दै आएको छ । यद्यपि, गत वर्ष प्रतिष्ठानले कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण गर्न सकेन ।
यस वर्ष पाँचवटा विधामा दिँदै आएको पुरस्कारमध्ये एउटा विधाको पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।
संघीय सांसद् राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला,अग्रज साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी , प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल , मेचीनगर प्रमुख विमल आचार्य , पुरस्कृत व्यक्तित्व पत्रकार पौडेललगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना उप्रेती लगायतको आतिथ्यता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम घिमिरे, धन्यवाद मेदनी खरेल र सञ्चालन सचिव सुशिल आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.