बेलडाँगी शिविरमा कोभिडको संक्रमण फैलिदै

स्वास्थ्य सामाग्री वितरण गर्दे बिआरआरआरसीका अध्यक्ष डा. राई ।

दमक,२९ असार ।पछिल्लो समय झापाको दमक वेलडाँगीस्थित भुटानी शरणर्थी शिविरमा कोरोना भाइरस संक्रमण फैलिदै गएको छ ।
गुजमुज बाक्लो बस्ती एक आपसमा सामाजिक दुरी कायम गर्न नसक्दा शरणार्थीमा कोरोना भइरस उच्च दरमा फैलिएको हो । शरणार्थीको खाद्य तथा स्वास्थ्य सम्बन्धि रेखदेख गर्दै आएको विश्व खाद्य कार्यक्रम अन्र्तगत समाजिक स्वास्थ्य सहजकर्ता बुद्धहाङ राईका अनुसार मंगलवारसम्म वेलगाडी शिविरमा मात्र ७० जनामा संक्रमण फैलिएको छ ।
यस्तै कोभिडका कारण ४ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये अहिले २४ जना होम आइसुलेशनमा रहेका छन् भने ४१ जना निको भएर घर फर्किएका छन् । एक जना कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ । शरणार्थी शिविरमा बाक्लो बस्ती भएका कारण पनि संक्रमण तीब्र गतिले बढेको हुन सक्ने भुटानी शरणार्थी भुटानी शरणार्थी स्वदेश फिर्ती समिति बिआरआरआरसीका अध्यक्ष डाक्टर भम्पा राईको भनाई छ ।
दोश्रो भेरियन्ट कोरोना भइरस नियन्त्रणको बन्दाबन्दी खुलेपछि शिविरमा एक्कासी संक्रमित हुनेको सख्या वढेको स्थानीयको भनाई छ ।
शिविरमा राहत पुरयाँईदै
शिविरमा संक्रमण फैलिएपछि तेस्रो मुलुक पुर्नस्थापनामा गएका शरणार्थी पहलमा आर्थिक सहयोग समेट जुट्न थालेको छ । पुर्नस्थापनामा नेदरल्याण्ड पुगेका द भुटनीज कम्युनिटी इन नेदरल्याण्डका पूर्व अध्यक्ष राम कार्कीको पहलमा शिविरका संक्रमण भएका शरणार्थी स्वास्थ्य तथा खाद्यान्नका लागि ४ लाख ७ हजार भन्दा बढी रकम पठाइएको जनाइएको छ । उक्त रकमबाट शिविर रहेका एकल, अपाङ्ग, न्युन आर्थिक अवस्था भएका शरणार्थीलाई नगद नै बितरण गरिएको छ ।
यस्तै अन्य संक्रममितलाई औषधि पौष्टिक आहार र स्वास्थ्य सामाग्री समेत बितरण गरिएको हो । उक्त रकमबाट खरिद गरिएको सामान मंगलबार अन्तिम चरणको बितरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त सामाग्री प्रत्येक संक्रमितका परिवारका सदस्यलाई बिआरआरआरसी अध्यक्ष डाक्टर राईले बितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published.