चीनको भु–रणनीति हिजो,आज र भोलि ?

सार्क राष्ट्रहरुको शान्ति स्थापनार्थ र आतङ्कवाद विरुद्ध यसको काम प्रभावकारी हुँदै आएको छ ।सार्क सदस्य राष्ट्रहरू मध्ये भारत क्षेत्रफल, जनसङ्ख्या र प्रविधिको विकासको दृष्टिकोण ले सबै भन्दा ठूलो,सक्षम र दर्बिलो छ ।नेपाल,बंगलादेश,भुटान,श्रीलङ्का अविकसित राष्ट्र हुन भने पाकिस्तान र माल्दिभ्स विकास सिल राष्ट्र र भारत विकसित राष्ट्र हो । भारतको ब्यापार ,प्रविधि र विकासले अन्य सदस्य राष्ट्रको विकासलाई अभिप्रेरित गर्ने गर्दछ । भारत विश्व शक्तिराष्ट्रको रूपमा उदाएको र भारतको विकासको प्रभाव अन्य राष्ट्रहरूमा प्रत्यक्ष पर्ने हुन्छ । भारतको व्यापार र प्रविधिको विकासले दक्षिण पूर्वी एसियाली मुलुकहरु लाभान्वित भएका छन् । भारतसंगको व्यापारमा अन्य सदस्य राष्ट्रहरू नेपाल,भुटान,बंगलादेश,मान्दिभस्,श्रीलङ्का , पाकिस्तान र अफगानिस्तानलाई भाषिक, सांस्कृतिक,धार्मिक र भौगोलिक सरलता छ ।
दक्षिण पूर्वी एसियामा सार्कको स्थापनाकालदेखि नै उत्तरी राष्ट्र चीनलाई खटपट सुरु भएको थियो । सार्कको स्थापनाले दक्षिण पूर्वी एसियामा एकता र पारस्परिक हित अभिवृद्धि हुने देखिएर चीन अत्तालिएको थियो ।

…………………………………………………………………………………………………………………………………………………

दक्षिण पूर्वी एसियाली राष्ट्रहरू नेपाल, भारत,,बंगलादेश,श्रीलङ्का,भुटान,पाकिस्तान र माल्दिसमा रहेको गरिबी,अशिक्षा,अन्धविश्वास र पछौटेपनको अन्त्य गर्न साँझा रणनीति बनाई एकीकृत रुपमा लडन तत्कालीन बंगलादेशका राष्ट्रपति जियाउर रहमानको परिकल्पना अनुसार दक्षिण एसियामा १९८० को डिसेम्बर ७ मा एउटा साझा संगठन सार्कको स्थापना भयो । सार्कको भावना यसमा आबद्ध सदस्य राष्ट्रहरूको सामूहिक आत्मा निर्भरताको अभिवृद्धि गर्दै आपसी सहयोग को आदान प्रदान गर्नु र साझा हितको लागि अन्तराष्ट्रिय मञ्चको विकास गर्नु हो ।
सार्क सदस्य राष्ट्रहरूका जनताको जीवन स्तरमा सुधार गर्दै सांस्कृतिक,भाषिक र धार्मिक एकताको माध्यमबाट पारस्परिक विश्वासको वातावरण वृद्धि गर्नु हो । सार्क राष्ट्रहरुको सामूहिक प्रयासबाट दक्षिण पूर्व एशियामा जरो गाडेर बसेको गरिबी, अशिक्षा,भोकमरी,अन्धविश्वास र दैवी प्रकोप को मारबाट पिल्सिएका जनतड्को उद्धार गर्नु नै यो क्षेत्रीय संगठनको प्रमुख उद्देश्य रहेको छ।सार्कले आफ्नो स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुरुप प्रभावकारी रुपमा काम गर्दै आइरहेको छ ।
सार्क राष्ट्रहरुको शान्ति स्थापनार्थ र आतङ्कवाद विरुद्ध यसको काम प्रभावकारी हुँदै आएको छ ।सार्क सदस्य राष्ट्रहरू मध्ये भारत क्षेत्रफल, जनसङ्ख्या र प्रविधिको विकासको दृष्टिकोण ले सबै भन्दा ठूलो,सक्षम र दर्बिलो छ ।नेपाल,बंगलादेश,भुटान,श्रीलङ्का अविकसित राष्ट्र हुन भने पाकिस्तान र माल्दिभ्स विकास सिल राष्ट्र र भारत विकसित राष्ट्र हो । भारतको ब्यापार ,प्रविधि र विकासले अन्य सदस्य राष्ट्रको विकासलाई अभिप्रेरित गर्ने गर्दछ । भारत विश्व शक्तिराष्ट्रको रूपमा उदाएको र भारतको विकासको प्रभाव अन्य राष्ट्रहरूमा प्रत्यक्ष पर्ने हुन्छ । भारतको व्यापार र प्रविधिको विकासले दक्षिण पूर्वी एसियाली मुलुकहरु लाभान्वित भएका छन् । भारतसंगको व्यापारमा अन्य सदस्य राष्ट्रहरू नेपाल,भुटान,बंगलादेश,मान्दिभस्,श्रीलङ्का , पाकिस्तान र अफगानिस्तानलाई भाषिक, सांस्कृतिक,धार्मिक र भौगोलिक सरलता छ ।
दक्षिण पूर्वी एसियामा सार्कको स्थापनाकालदेखि नै उत्तरी राष्ट्र चीनलाई खटपट सुरु भएको थियो । सार्कको स्थापनाले दक्षिण पूर्वी एसियामा एकता र पारस्परिक हित अभिवृद्धि हुने देखिएर चीन अत्तालिएको थियो ।

चीन जसरी पनि सार्कको सदस्यता लिन सक्रिय रुपमा लागि पर्दथ्यो ,तर त्यो संभव थिएन् । बंगलादेशको राजधानी ढाकामा सन् २००५ मा आयोजना हुने सार्कको १३ औं सम्मेलनमा चीनलाई पर्यवेक्षक सदस्यको रुपमा सहभागी गराइएको थियो । चीन दक्षिण पूर्व एसियामा कुनै न कुनै बहानाबाजी वा रणनीति बनाएर प्रवेश गर्न चाहन्छ साथै चीन कुटनैतिक रुपमा भारत ,भुटान र माल्दिभ्सलाई बाहिर राखेर नेपाल,बंगलादेश,पाकिस्तान,अफगानिस्तान र श्रीलङ्कालाई आफ्नो अनुकुल वातावरण बनाउँदै केही सामान्य आर्थिक लगानीको रणनीति मार्फत यी राष्ट्रहरूमा जनचेतना,गरिबी निवारण वा अन्य कुनै विकासे कार्यक्रमको बहानामा आफ्नो अर्थपूर्ण र सक्रिय उपस्थिति गराउन चाहन्छ ।
सार्कमा आफ्नो उपस्थिति कसैगरी नहुने भए पछि चीनले उपरोक्त पाँच राष्ट्रहरूलाई समेटेर यही जुलाई ११ का दिन चीनको सिजुवान प्रान्तको चोङकिङ सहरमा दक्षिण पूर्वी एसियाली राष्ट्रका सरकार प्रमुख र राष्ट्रिय राजनीति दलका प्रमुखहरुलाई समेटेर एक भर्चुअल मिटिङ्ग मार्फत गरिबी उन्मूलन तथा सहकारी विकास केन्द्रका ( China- south asian countries poverty Alleviation and  cooperative Development Launching Ceremony) उदघाटन गरेको छ । उक्त भर्चुअल मिटिङमा नेपाल,पाकिस्तान,बंगलादेश,श्रीलङ्का,अफगानिस्तान,भुटानका राजदुतहरु ,सरकार प्रमुख र राष्ट्रिय दलका नेता हरुको प्रत्यक्ष वा परोक्ष सहभागिता रहेको थियो । नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको सहभागिता रहेको थियो ।
चीन विश्वमा उदाएको शक्ति राष्ट्र भारतबाट झस्किएर र भारतलाई अन्य छिमेकी राष्ट्रबाट अलग गरी आफ्नो शक्ति देखाउँदै कमजोर र गरिब राष्ट्रलाई झन गरिबीको दलदलमा फसाउदै अघि बढ्न खोजेको विश्लेषण गरिएको छ । चीनले नेपालमा दर्जनौं परियोजना मार्फत आफ्नो सक्रिय उपस्थिति देखाउन थालेको छ । नेपालको असक्षम परराष्ट्र नीति र दल अनुकुलको परराष्ट्र नीतिको परिपाटीले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा असक्षमता प्रष्ट्टिएको छ र यसैलाई चीनले मौका र अवसरको रूपमा लिएको बुझिएको छ ।

दक्षिणी छिमेकी देश भारतसंगको सामान्य खटपटमा होहल्ला गर्ने र तिललाई पहाड देख्ने तर उत्तरी छिमेकीले सकुनी चाल चाल्दासम्म नतमस्तक हुने नेपालका दल र सरकारले नेपालमा कम्युनिस्ट पार्टीको सिद्धान्त लादन चाहने चिनियाँ उपस्थितिले नेपालको शान्ति भडकाउने ता होइन ? भनी गम्भीर चासो राखिएको छ । देशका सबै राजनैतिक दल सहितको साझा राष्ट्रिय परराष्ट्र नीति जबसम्म अपनाइदैन तबसम्म नेपालको कुटनैतिक योजना असफल भै नै रहन्छ । नेपालले अपनाएको असंलगताको सिद्धान्त अनुसार मित्रराष्ट्रबाट सिको सिकी अघि बढे सफलता हात लाग्नेछ नत्र अन्तराष्ट्रियकरण मैदान नबन्न के बेर ? (लेखक, संघीय लिम्बूवान पार्टीका उपमहासचिव हुन् । )

Leave a Reply

Your email address will not be published.