
काठमाडौं २८ असार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानलाई ठिक ठाँउमा फर्काउने कामगरेको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै शेरबहादुर देउवाको पक्षमा फैसला सुनाए लगत्तै प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन । उनले अब कांग्रेसले सरकार निर्माण होइन इतिहासमा मुलुक निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन । प्रवक्ता शर्माले मुलुक निर्माणको दायित्व कांग्रेसको कांधमा आएको बताएका छन।
उनले सामाजिक संजालमा भनेका छन आवेगपूर्ण कदम सच्याउंदै सम्मानित अदालतले विवेकपुर्ण फैसला गरेको छ । लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने काम अदालतले गरेको छ । अबका दिनमा केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा आएको उल्लेख गरेका छन।