लक्क्षीलाई ‘टीन स्टार इन्टरनेशनल’को तेश्रो उपाधि

दमक,२८ असार । दमक– १ स्थित चुलाचुली अङ्ग्रेजी बोर्डिङ्ग स्कूलकी छात्रा लक्क्षी श्रेष्ठले थाइल्याण्डमा आयोजित ‘टीन स्टार इन्टरनेशनल प्रतियोगिता –२०२४ ‘मा तेश्रो उपाधि पाएकी छन् ।
क्लियोपट्रा इभेण्ट्स प्रालि दमकले आयोजना गरेको मिस आर्टिस्टी प्रतियोगितामा जुनियरतर्फ प्रथम उपाधि जित्दै थाइल्यान्डमा सहभागिता जनाउन अवसर पाएकी उनले तेश्रो उपाधि जित्न सफल भएकी हुन् । कक्षा ७ मा अध्ययनरत उनले तेश्रो उपाधिसंगैं आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
थाइल्याण्डको राजधानी बैंकक र हुवाहिन शहरमा भएको सो प्रतियोगितामा ३० देशका प्रतियोगिहरुले भाग लिएका थिए । जुलाई ८ देखि १० गतेसम्म आयोजना गरिएको सो प्रतियोगितामा उनीसहित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलकै सञ्जिता मगर र दमकको ग्लोवल एकाडमीकी रोशनी दर्नालले सहभागिता जनाएकी थिईन् । प्रतियोगितामा सहभागि हुन दमकको आयोजक संस्था क्लियोपट्रा इभेण्ट्स प्रालिका निर्देशक प्रवीण पाठकसहित प्रतियोगिहरुसहित उनका अभिभावकहरु थाइल्याण्ड पुगेका थिए ।
यसैवीच,चुलाचुलीकी छात्रा श्रेष्ठले अन्तराष्ट्रिय मञ्चमा प्राप्त गरेकी यो सफलताले सिंगो विद्यालय परिवार हर्षित भएको स्कूलका प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए ।

Leave a Reply

Your email address will not be published.