कथा : नियती

-भुपेन्द्र न्यौपाने
अहाँ मेरो भिषा आयो अरे तुरुन्तै काठमाण्डौ जानू पर्ने रे हरि खुसीले तीन हात उफ्रीदै परिवारलाई सुनायो। एक हप्तापछि फ्लाइड हुन्छ रे पैसाको बन्दोबस्त गर्नु भनेर म्यानपावरबाट कल आएको थियो, बुबातर्फ इशारा गर्दै भन्यो।
परिवारको एक्लो सन्तान हरिको बिबाह भएको पनि मात्र नौ महिना भएको थियो । आफ्नो लोग्नेको भिसा आयो भन्ने बित्तिकै रमा झस्केकी थिइन। आफ्नो मुटुका टुक्रा बिदेश जान लाग्यो भन्दा आमाका आखामा आँसु छचल्केका थिए।
घरमा एक रुपैया नभएको बेला छोराको भिसा आउदा परिवारमा कुनै खुसी थिएनन सिबाय हरि।बिहानै बिर्ख बा छोराको लागि पैसा माग्न गाउभरी चाहारे तर कसैले छ भनेनन। आफू बसेको घर र घडेरी बन्धक राखेर उनले पैसाको जोहो गरिदिए।
छोराको बिदाइमा सबैका आँसु रसाएका थिए। आमाले टाउकोमा सुम्सुम्याउदै भन्नुभयो -जहाँ गएपनी राम्ररी खानु स्वास्थको ख्याल राख्नु हैू। बुबाले घरको स्थिती बारे सबै जानकारी गराउदै भने ूयो घर जग्गा सबै साहुलाइ पास गरिदिएको छु उसको रिण तिरेपछी फिर्ता गर्ने सर्तमाू । रमा केही बोलिनन सबैलाइ थाहा छ उनी दुई जिउकी छन भनेर। आखामा बलिन्द्र आशुका धारा बगाउदै बिदाको हात हल्लाउन बाहेक उनको मुखबाट एक सब्द निक्लिएन। बुबा आमालाई ढोगेर आमाको हात बाट एक ग्लास दहि पिउदै हरि बाटो लाग्यो । देखुन्जेल सबैले हेरे।
आज उसको उड्ने दिन बुबाले दिएको पैसा सबै म्यान पावरलाई जिम्मा लगायो। एयरपोर्ट पुग्यो उसलाई त्यहाँ बिदा गर्ने कोहि थिएनन्।
गन्तब्यमा पुग्यो हरि । गाउँमा हलो कोदालो गर्ने केटो न कुनै सीप थियो न त भाषा नै जानेको थियो। सुरुका दिनमा उसले राम्रै संघर्ष गर्यो। उ सङ्ग थियो त जागर अनि उत्साह।सानैदेखि मेहनत गरे अबश्य हुन्छ भन्ने मान्यता राख्ने हरिले कुनरात कुन दिन नभनी नै मेहनत गरिरह्यो।
उ आएको पनि चार बर्ष हुनै लागेछ। छोरीलाइ भिडियो कलबाट हेर्दै खुब खुसी हुन्थ्यो उ। सबै पालै पालो बोल्ने गर्थे । आमाले दिनुभएको आशीर्वाद , बुबाले सिकाउनु भएको कर्तब्य , श्रीमतिले दिएकी असिम प्यार, अनि छोरी सङ्गको मस्तिले सबै दुख बिर्सने गर्थ्यो उ। मानौ स्वर्गको आभास हुन्थियो सबैलाई।
साहुको ऋण सबै चुक्ता गरि सहरमा घडेरी जोडेको थियो हरिले। बिनाकाम एक रुपैया खर्च नगर्ने उ भबिष्यमा परिवारलाई सहरमा लगेर छोरीलाइ बोर्डिङ पढाउने उसको योजना थियो।
कामबाट थाकेर आएर यसो ढल्केको थियो मोबाइलमा रिङ बज्यो उसले फोन रिशिभ गरे सङ्गै उसका हात कामे, गला अबरुद्ध भयो बोल्नै सकेन उ । सङ्गै भएका साथिहरुले ू के भयो भनेर सोधे तर उ एकोरिरह्यो केही जवाफ दिएन। घरमा कल लगायो अह कसैको लागेन। केही समयपछी उसले साथिलाइ भन्यो गाउँमा अबिरल वर्षा भए सङ्गै ठूलो पहिरो गयो अरे अरु केही भनेनन घरमा कसैको फोन लाग्दैन ।
हरिले घर फर्कने निर्णय गरे सङ्गै कम्पनिमा बिदा माग्यो। कम्पनिले पनि उसलाई भोलिपल्टै बिदा दिदै टिकट उपलब्ध गराइदियो।परिवरमा सबैलाइ सामान किनेर राखिसकेको थियो। दुइटा एटेजी र एउटा ब्यागभरी सामान बोकेर उ नेपाल पर्कियो।
गाउँ पुग्नै लागेको थियो तल फेदिमा धेरै मान्छेको हुल देख्यो। गाउका मान्छेहरु सङ्ग थुप्रै सेना ससस्त्र प्रहरी देख्यो। डराइ डराइ नजिक गयो के भएर यत्रो मान्छे भेला भएका भनेर सोध्यो। अस्तिको दिन आएको भारी बर्साले पहिरो गएर गाउँ नै बगाएको जानकारी गराउदै पुरिएका मान्छेको उद्दारको लागि खटिएको बताए । प्रतिकुल मौसमका बाबजुत पनि सेना ससस्त्र र गाउलेको अथक प्रयास पछि उसका परिवारका प्रार्थिब शरीर निकालेका रहेछन।
उसका खुट्टा कामे, जमिन भासिए जस्तो भयो, सन्सार अँध्यारो भयो। सास फेर्न गारो भयो, उ मुर्छित अबस्थामा भुइमा ढल्यो। सबै गाउलेले पानी छम्के हावा हम्के। उद्दारमा आएका डाक्टरको उअपचार पछि उ बौरियो। सबैतिर हेर्यो । उसले आमालाइ खोज्यो बुबालाइ खोज्यो रमालाइ खोज्यो पुतली जस्ती मुटुको टुक्रालाइ खोज्यो । लमतन्न परेर चीर निन्द्रामा सुतेका उसका ती सबै परिवार दिबङ्गत भै सकेका थिए।
उसले एटेजी खोल्दै आमालाई ल्याइदिएको रातोसारी र तिलहरी लगाइदियो, बुबालाई भनेर ल्याएका जुत्ता घडी र कपडा लगाइदियो, श्रीमती भनेर ल्याइदिएको सारी चोलो चप्पल लगाइदियो मेकअप गरिदियो। नानिलाइ भनेर ल्याइदिएका ,जामा, चप्पल घडी, लगाइदियो र चकलेट र्खेलौनाका सामान ओरिपरी राखिदियो। अनि ल्याएको ब्लान्केट ओछ्याएर सबैलाइ त्यहि माथी राख्न आग्रह गर्यो।
सबैलाइ एकोहोरो भएर हेरिरह्यो । आँखामा बलिन्द्र आशुका धारा बर्साउदै उसले अतीत सम्झियो।
हिजोका दिनसम्म मेरो स्वास्थ अबस्था बारे बुझिरहने मेरा बुबा आमा , आज के खाइस भनेर सोधिरहने मेरा बुबा आमा , कैले घर आउछस भनेर सोधिरहने मेरा बुबा आमा, मलाइ सधै प्रेम भाबले बोलाउने मेरो अनुपस्थितिमा पनि परिवारमा हासो र खुसी दिने मेरी श्रीमती, बेलुकीको खानापछि एक पल्ट कल नगरी नसुत्ने मेरो श्रीमती, कैले आफ्नो स्वार्थको लागि केही माग नगर्ने मेरी श्रीमती, म फर्केर आएपछी रमाउनु पर्छ बुबा आमा सङ्ग परिवारनै एकपल्ट घुम्न जानुपर्छ है भनेर खुसी हुने मेरी श्रीमती अनि बाबा बाबा भन्दै ममीले थोरै गाली गरेपनी मलाइ पोल सुनाउने मेरी छोरी, भिडियो च्याटमै खेलौना हेरेर छिट्टै ल्याइदिन आग्रह गर्ने मेरी छोरी, आफुले लेखेका कुरा मलाइ देखाउदै सिकाइदिनुन भन्दै दङ्याउने मेरी छोरी ।
सबैले पार्थिव शरीर उठाउने सल्लाह गरे। त्यही गाउँको एउटा पाटोमा सामूहिक दाहसंस्कार गरे। उसले ल्याएको सबै चिज चितामै राखिदिदै भन्यो कुन गल्ती थियो मेरो र मेरो परिवारको भगवान.? मैले कस्लाइ हेरेर बाच्ने ? अब के छ अब म सङ्ग? म कहाँ जाउ? किन यति ठूलो सजाय दियौ? यति भन्दै सबैलाई दागबत्ती दियो। आगोको मुस्लो सङ्गै सबैका भौतिक शरीर निमेष भरमै खरानी भए । उसलाइ जिउदो लास बनाएर। दमक

Leave a Reply

Your email address will not be published.