झापा, २७ असार । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको आज निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।
उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । आजै दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
६९ बर्षिया उनी लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । स्नायु प्रणालीमा असरका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।साथै, उनी नेकपा माओवादी केन्द्रका सल्लाहकार पनि थिईन् ।