दमक सहकारीको आखाँ शिविरमा १४७ जनाको आँखा जाँच


दमक, २८ असार ।
दमक सहकारी संस्थाले मंगलवार आप्mना सदस्यहरुका लागि निशुल्क आँखा शिबिर सञ्चालन गरेको छ । स्थानीय विर्ता ज्योति आँखा अस्पताल संगको सहकार्यमा सम्पन्न शिविरमा १४७ जना सदस्यको आँखा जाँच गरिएको कार्यक्रम संयोजक चैतन्य बरालले जानकारी दिए । ।
शिविरमा विर्ताज्योतिका नेत्र प्राविधिक मोति बराल लगायतका स्वास्थ्यकर्मीले आखाँ जाँच गर्नुका साथै औषधीहरु निशुल्क प्रदान गरिएको उनले बताए ।
संस्थाका अध्यक्ष पूण्य प्रसाद ढुंगानाको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य महेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको सो शिविरमा सहकारीका सञ्चालक,कर्मचारी तथा शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.