उजाडिदै छ रमा बन, संरक्षण गर्ने जिम्मा कस्को ?


नगेन्द्रमणि न्यौपाने
दमक, २८ असार ।
बर्खायाम शुरुभए संगै रतुवा र मावा नदीमा आउने बाढिको रास्ती बिगत लामो समय देखि खेप्दै आएअका दमकबासीले यो बर्ष पनि सोही समस्या खेप्नुपर्यो । प्रत्येक बर्षको बर्षा याममा यी दुई नदिमा आउने बाढिका कारण दमकबासीले ठूलो क्षेती ब्यहोर्नु परिरहेको छ । यहि समस्यालाई मध्यजर गरेर प्राकृतिक प्रकोपको दिगो समाधान खोज्ने उद्देश्यले तत्कालिन दमक -१० का स्थानीयबासीहरुले यी दुई नदि किनारमा करिब ३० दशक अघि बृक्षारोपणको अवधारणा अघिसारेका थिए । खोलाको छुरो बलुवामा शुरुगरिएको सो अभियानले अहिले सार्थकता पाएको छ । अहिले सो क्षेत्रमा बनको बिकास हुदै आएको छ ।
यहाँका स्थानीयहरुको अथक प्रयासले उब्जिएको बनले अहिले दमक- १० को तल्लो क्षेत्रका स्थानीयहरुका लागि घाँस दाउराको दिगो स्रोत समेत मात्र बनेको छैन, यो रमा बनले बायोईन्जिनियरिङ पद्धतिबाट नदि नियन्त्रणमा समेत महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।
तर पछिल्ला दिनहरुमा आएर यो बनको उचित रेखदेख तथा सरक्षण नहुदाँ बन नासिदै जान थालेको छ । दमक -१० स्थित सेतुमारीमा अवस्थित यो बन क्षेत्रमा केही बर्ष यता आफू खुशी घाँस दाउरा काटने रुख काटने जस्ता कार्यले प्रसय पाउन थालेको छ । बनको सरक्षण तथा प्राकृतिक प्रकोप न्यूनीकरणका लागि भनेर एउटा रमा सामुदायिक बन तथा प्रकोप ब्याबस्थापन समिति पनि निर्माण गरिएको छ । तर सो समितिले पनि सोचे अनुरुपका कार्यहरु अघि बढाउन सकिरहेको छैन । समितिले बनको संरक्षणकालागी उचित कार्य गर्न नसकीरहेको सो समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपाने स्वयम स्वीकार गर्छन् । बनको लामो समयदेखि साधारणसभा समेतहुन सकेको छैन । पछिल्ला दिनहरुमा समितिले बनको रेखदेखम खासै चासो देखाएको छैन । समितिका पदाधिकारीहरुले नै खासै समय दिन छोडेपछि बनको सरक्षण र उपभोगको जिम्मा बिगत दुई बर्ष यता स्थानीय उपभोक्ता सम्मिलित टोल बिकासलाई दिइएको अध्यक्ष न्यौपानेले बताए।
केही बर्षयता बन क्षेत्रमा थप वृक्षरोपणका कार्यक्रमहरु पनि हुन सकिरहेका छैनन् भने बन, नदि कटानको चपेटामा पनि पर्ने गरेको छ । स्थानीयहरुको सकृयतामा हुर्काइएको बन अहिले उजाड बन्दै छ । एक सय बिगाह बढी क्षेत्रमा फैलिएको बन नेपाल सरकार मार्फत उधयोग बिभागको स्वामित्वमा गएपछि यसको संरक्षण र सम्बद्र्धनमा स्थानीय उपभोक्ताले पनि चासो देखाउन छाडेका छन् । जसको प्रत्यक्ष असर बनलाई परिरहेको छ । गत आईतबार पनि बन क्षेत्रका रुखहरु काटिएका छन् ।
प्रस्ताबित (हाल औद्योगिक पार्क ) भित्र पर्ने बन तिब्र रुपमा फडानी भै रहेको छ । रमा सामुदायिक बन तथा प्रकोप ब्याबस्थापन समितिले बिगत लामो समय देखि साधारणसभा मार्फत बनको आय ब्यय समेत प्रस्तुत नगर्दा यसको असर पनि बनमा परिरहेको छ । भने उपभोक्ताले आबश्यक काठ दाउरा मूल्य तिरेर पनि सहज रुपमा प्राप्त गर्न सकिरहेका छैन । दिगो ढंगले बनको बिकास भएपछि दमक १० को तल्लो क्षेत्र बिशेष गरेर सेतुमारी, शकरटोल र न्यौपाने टोलका स्थानीयहरुले घाँस दाउराको प्रत्यक्ष लाभ लिदै आएका छ्न । यो संगै रतुवा नदि नियन्त्रणमा पनि यो बनले महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published.