झापा,२७ असार । रोपाइँ नसकिँदै सरकारले यसपटक धानको समर्थन मूल्य निर्धारण गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकिएको हो ।शर्माका अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।
अहिले तोकिएको मूल्य पहिलाभन्दा साढे २०० रुपैयाँले बढी हो । किसानहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गर्न माग गरिआएका छन् ।