वर्ल्ड लिंकद्धारा प्रहरीलाई सचेतनामूलक प्रचार सामाग्री प्रदान

दमक,२६ असार । नेपालको सबैभन्दा ठुलो ईन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले सचेतनामूलक प्रचार सामाग्री प्रहरीलाई उपलब्ध गराएको छ । पाँचथर नै पुगेर वर्ल्ड लिंकले उक्त प्रचार सामाग्रीहरु उपलब्ध गराएको हो ।

लागुऔषध बिरुद्ध सचेतना, साइबर अपराध, सामाजिक अपराध जस्ता विषयमा सचेतना अभिवृद्धि गर्ने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय पाँचथरलाई ५ हजारप्रति जानकारीमूलक पर्चाहरू उपलब्ध गराईएको वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडका अधिकृत राजन तिम्सिनाले जनाएकाछन्।

बिभिन्न जानकारी समावेश भएको जनचेतनामुलक पोस्टर र ब्रोसरहरु उपलब्ध गराईएको उनले जनाएकाछन् । समुदायमा रहेको विकृती विसंगती र समस्या सामधानका लागि वर्ल्ड लिंक राज्यका निकायहरुसंग हातेमालो गरेर अघि बढ्न सधै तयार रहेको सन्देश यसले दिन्छ, वर्ल्ड लिंक दमक प्रमुख समेत रहेका तिम्सिनाले भने ।

Leave a Reply

Your email address will not be published.