दमक ,२७ असार । इमेज एचडी च्यानलबाट प्रसारण हुँदैआइरहेको रियालिटीशो गायन प्रतियोगिता सिङ्गीङ सुपरस्टारमा झापा,कमलका सिद्धान्त खड्का भोटिङ राउण्डमा पुगेका छन् ।
कमल–४ किराँत चौक निवासी गायक खड्का सिङ्गीङ सुपरस्टारको जारी प्रतियोगिताको खुल्ला भोटिङ चरणमा पुगेका हुन् । आइतवार दमकको सक्रिय पत्रकार सञ्जालको कार्यालयमा पत्रकार सम्मेलन गरि प्रतियोगि सिद्धान्तले आफूलाई भोट दिएर जिताउन आग्रह गरे । नेपाली गीत–संगीतको क्षेत्रमा मोफसलकै एक नवोदित प्रतिभाका धनी गायक खड्काले एक दर्जन बढी गीतहरु रेकर्ड गराइसकेका छन ।
यसअघि सिद्धान्तले नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको नेपाल स्टारमा सहभागिता जनाउदै टप–६ सम्म पुग्न सफल भएका अनुभव सम्हालेका छन् । गीत–संगीतका निम्ति प्रतिभाहरु खोजी गर्ने क्रममा इमेज एचडीले उक्त प्रतियोगिताको आयोजना गरेको हो । सिङ्गीङ सुपरस्टारमा गायक सत्यराज आचार्य, गायक स्वरुपराज आचार्य, गायक सञ्जय श्रेष्ठ र गायीका मिलन नेवारले निर्णायकको जिम्मेवारी सम्हालिआएका छन् ।