संखुवासभा,२६ असार । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ लगिएको छ । अल्टीच्युड एयरको हेलिकप्टरमार्फत ६ वटै शव मंगलबार अपराह्न त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।
काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
होलिकोप्टरमा चालकबाहेक सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ। हेलिकोप्टर क्याप्टेन चेतबहादुर गुरूङले उडाएका थिए।
हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् । उनीहरू सबै मेक्सिकन नागरिक हुन् ।दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको थियो ।