दमक,२६ असार । झापाको दमकमा इन्टर स्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन– २०२३ हुने भएको छ ।१७ बर्ष मुनीका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आइकन गर्न लागिएको हो । आइकन प्रतियोगिताका आयोजक संस्था किंग्स नेपाल क्रियशन कम्पन्नीले आइकनको तयारी अन्तिम चरणमा पुगेको कृण साहले बताए । उनका अनुसार आइकनको पहिलो चरणमा दमकमा यहि साउन ६ गते , इलाम र इटहरीमा अडिशन राउण्डमा दुई सय विद्यार्थीहरु सहभागि हुने छन् ।
आइकनको यहि भदौ पहिलो साता ग्राण्ड फिनाले हुने बताईएको छ । दमकको कन्काई पार्टी प्यालेसमा हुने पहिलो अडिशन राउण्डमा ७५ जना प्रतियोगिहरु सहभागि हुने उनले बताए ।
आइकनका विजेताले नगद ३० हजार, ट्याव, साईकल , छात्रबृतिसहित आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । यसैगरि, दोश्रो हुनेले नगद २० हजार,तेश्रो हुनेले १५ हजार,छात्रबृतिसहित आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।यस्तै,टपटेनसम्मका प्रतियोगिलाई छात्रवृति तथा टप ३० औ सम्मका प्रतियोगिलाई समेत आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने आइकन आयोजक संस्थाका सञ्चालक साहले बताएका छन् । प्रतियोगिता प्याव्सन झापाको सहकार्यमा हुने आयोजक संस्थाले जनाएका छन् ।