दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज चुनिए


दमक, २७ असार । दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् । शनिवार सम्पन्न संघको १४ औं साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि मनोजको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
आफनै सभाहलमा भएको साधारणसभाले उपाध्यक्षमा सन्दिप साहेवाला,सचिवमा अमित अग्रवाल ,सहसचिवमा राजेश कुमार अग्रवाल र कोषाध्यक्षमा सुरेन्द्रकुमार अग्रवाल चुनिएका छन् ।यसैगरि सदस्यहरुमा सन्दिप अग्रवाल,जितेन्द्र अग्रवाल,शौरभ अग्रवाल,दिपक वंशल ,राजेश अग्रवाल र मुकेश गुप्ता चुनिएका छन् ।
साधारणसभा दमक मारवाडी सेवा समितिका अध्यक्ष भरत अग्रवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य राजेन्द्रकुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.