कमल,२७ असार । यहाँस्थित कमल गाउँपालिकाको कार्यालयले आज कार्यालय परिसरसहित प्रबेशद्धारमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकासहित कमल २ वडा कार्यालयको आयोजना तथा स्थानीय क्याम्पा वजार टोल बिकास संस्था सहभागितामा भएको सरसफाई कार्यक्रममा पालिका प्रमुख हुकुमसिंह राई, वडा न. २ का वडाध्यक्ष अशोक सुब्बा, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्याल लगायतका जनप्रतिनिधि ,कर्मचारी ,प्रहरी, टोलबासीको उल्लेखीय उपस्थिति रहेको थियो ।
उनीहरुले सरसफाई अभियान अन्तर्गत पालिकाको कार्यालय परिषर संगै प्रवेशद्धारको नालामा सफाइ र माटो पुर्ने कार्यमा श्रमदान गरेका थिए । सरसफाईमा फोहोरमैला संकलन, कसिंगर, झारपात उखालिएको थियो । सफाई पछि संकलित फोहोर ट्याक्टरमार्फत उठाईएको थियो ।
सरसफा कार्यक्रमको शुभारम्भ गर्दे अध्यक्ष राईले आफनो गाउँ,ठाउँ सफा सुन्दर बनाउन आफै जुटे मात्र संभव भएको भन्दै त्यसतर्फ लाग्न गाउँबासीलाई आग्रह गरे । कमललाई स्वच्छ ,हराभरा बनाउन सवैको योगदान जरुरी भएको र यस्तो कार्यक्रम जारी राख्ने उनले जानकारी दिए ।
सरसफाई संगै प्रवेशद्धारको भागमा माटो पुर्ने कार्य गरिएपछि त्यहाँ फलफूलका विरुवाहरु रोप्ने योजना रहेको वडाध्यक्ष सुब्बाले जनाए ।