मोरङ पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा

मोरङ,२७ असार । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोप बालबालिकालाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
जिल्लाका सबै वडारस्थानीय तहहरुले विसं २०८० चैत २८ गतेदेखि २०८१ असार २४ गतेसम्म पूर्णखोप सुनिश्चितता एवं दिगोपना कायम गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुख राईले बालबालिका जन्मिरहने र खोप निरन्तर उपलब्ध गराई उनीहरुको जीवन रक्षा गर्न सम्पूर्ण क्षेत्र जिम्मेवार रहनुपर्ने भएकाले मोरङवासीको खुसी र समृद्धिका लागि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।कार्यक्रममा पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका सबै स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.