गौरादह ,२६असार । झापाको गौरादहका एक युवाले आज विहान आत्मदाह गरेका छन् । गौरादह नगरपालिका वडा नं. १ बजार घर भएका सत्यनारायण साहको अन्दाजी ३५ वर्षिय छोरा रोशन साहले आफैंले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका हुन् ।
बन्द कोठामा सुतिरहेको अवस्थामा आज विहान ४ वजे आफैले आगो लगाएका परिवारको भनाई उद्धृत गदैं एक आफन्तले बताएका छन् । मृतक साहकी एक श्रीमती र एक छोरा छन् । आत्मदाहको कारण खुल्न सकेको छैन् । प्रहरीले शवको कानुनी मचुल्का गरि घटनाको अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालयले गौरादहले जनाएको छ ।