दमक ,२६ असार। प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।
सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा एक वर्ष अघि असार ९ गते दर्ता भएको उक्त सहकारीका् आज दमकमा सम्पन्न प्रारिम्भक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।
चार वर्षे कार्यकाल रहने सञ्चालक समितिको उपाध्यक्षमा टिकादत्त वन र सचिवमा प्रेम साकोटा सर्वसम्मत भएका छन् ।यसैगरी सञ्चालक सदस्यहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल चुनिएका छन् । यस्तै संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यहरुमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् । नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
विशिष्टिकृत संघको तदर्थ समितिका संयोजक रहेका सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिवद्धता मन्तब्य राखेका थिए भने निर्वाचन समितिका संयोजक ढकाल र प्रतिनिधिहरुका तर्फबाट मेची बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ खोमप्रसाद बगालेले बधाई मन्तब्य राखेका थिए ।
साधारणसभा प्रदेश १ का कृषि तथा पशुपन्छी विकासमन्त्री झलक बहादुर दर्लामी मगरको प्रमुख आतिथ्यमा रहेको थियो । प्रदेश १ का ३६ वटा प्रारम्भिक सहकारी संस्थाहरुले एक करोड ३६ लाख रुपैयाँ पुँजी संकलन गरी स्थापना गरेको सो थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले विभिन्न वस्तुहरुको बजार प्रवद्र्धनका काम पनि सुरु गरेका छन् ।