ट्रयाक्टरको ठक्करबाट कोशीमा एक जनाको मृत्यु


इटहरी,२६ असार । ट्रयाक्टरको ठक्करबाट सुनसरीको कोशी गाउँपालिका ४ स्थित भित्रि सडक खण्डमा आइतवार एक जनाको मृत्युभएको छ भने एक जना घाईते भएका छन् । आइतवार दिउँसो पौने ४ बजे को २ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को २८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकी देवानगंज गाउँपालिका ४ की ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको र मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मिया घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ठक्कर दिने सवारी साधन र चालक ४६ बर्षीय शुभका मोचीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
करेन्ट लागेर मृत्यु
संखुवासभा, २६ असार । संखुवासभाको चैनपुर नगरपालिका ६ मा शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिवार बेलुका साढे ४ बजे चैनपुर ६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउँपालिका ३ दाङका २५ बर्षीय दिपक न्यौपानेको ज्यान गएको हो । करेन्ट लागि घाईते भएकोमा उनको चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक लाशलाई पोष्टमार्टमका लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.