झापा भरि वीपी स्मृति दिवस मनाइदै


झापा, २६ असार । नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस झापामा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले यहि साउन ६ गते गाउँ-नगर पालिका तहमा रक्तदान, बृक्षरोपण, बिचार गोष्ठी लगायतका विविध रचनात्मक कार्यक्रम गरी स्मृति दिवस मनाउने निर्णय गरेको हो ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न गाउँ र नगर पालिकामा जिल्ला प्रतिनिधि समेत तय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
बैठकले झापाको चन्द्रगढीस्थित वीपीको शालिकमा विहान ८ बजे माल्यार्पणसहित कोणसभा राख्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिए । यसैबीच बैठकले मेचीनगरमा राम कट्टेल, बुद्धशान्तिमा राजकुमार बराइली, अर्जुनधारामा केशवराज पाण्डे, विर्तामोडमा सुधिरकुमार शिवाकोटी, कचनकबलमा कालेन्द्रप्रसाद सिंह राजवंशी, भद्रपुरमा नवीन विमली र गणेश पोखरेल, हल्दिबारीमा भुमीराज राई, बाह्रदशीमा हुकुमसिंह राई र भुमीप्रसाद राजवंशीलाई जिल्ला प्रतिनिधि तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
यसैगरी कनकाइमा जिल्ला सभापति देउकुमार थेवे र किरण भटराई, झापामा कमल भण्डारी, शिवसतासीमा जयनारायण शाह, कमलमा फूलवती राजवंशी, गौरादहमा ढुण्डिराज भण्डारी र चन्द्रा खड्का भटराई, दमकमा शेरबहादुर भट्टराई, गौरीगञ्जमा रेगिना भट्टराई प्रसाई र प्रकाश कार्कीलाई जिल्ला प्रतिनिधि तय गरेको बताइएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं प्रजातान्त्रिसमाजवादी विचारधाराका प्रवर्तक समेत रहेका नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । उनको जन्म बिस १९७१ भाद्र २४ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published.