अर्जुनधारामा पाँचथरका एक युवा मृत फेला

अर्जुनधारा,२६ असार । झापाको अर्जुनधारामा आज बिहानै एक ब्यक्ति मृत फेला परेका छन् । अर्जुनधारा वार्ड न ६ स्थित कप्तानबारीको बिर्तामोड -शनिश्चरे रोडको कल्भर्ट छेउमा उत्तानो परेको अवस्थामा उनको शब फेला परेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले अहिले घट्नास्थल नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिसकेको छ । प्रहरीले घट्ना राती भएको हुन सक्ने अनुमान गरेको छ ।

घट्ना र लासको प्रकृति हेर्दा मृतक सवारी दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीको छ । शबको नजिकै बाटो तल एक मोटरसाइकल लडेको अवस्थामा फेला परेको छ ।
तर उनको शब भने मोटरसाइकल भन्दा करीब १० मिटरको दुरीमा भेटिएको छ ।

प्रहरी चौकी शनिश्चरेका अनुसार मृतकको साथमा रहेको नागरिकता हेर्दा पाँचथर जिल्ला फिदिम नपा वार्ड न ५ घर भएका वर्ष २५ का क़ुमार खनाल भएको पाइएको छ ।

प्रहरीले उनको हत्या नभइ राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना परेको हुन सक्ने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published.