मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक घाईते

धुलाबारी,२५ असार । मेचीनगर–१० धुलाबारीस्थित साथी किन्डर गार्डेन मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर एक आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् ।मेचीनगर नगरपालिका -१० धुलाबारीस्थित मन्टेश्वरीको शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बू गम्भीर घाइते भएका हुन् ।
घाईते बालककोे अवस्था चिन्ताजनक रहेको र विर्तामोडस्थित बिएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमवार दिउँसो साढे १२ बजे खाजा खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्ररेलले बताईन् । २०७० मा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीमा घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published.