हावाहुरीले रुख ढल्दा बृद्धको मृत्यु


ईलाम, २६ असार । हावाहुरीले रुख ढलेर किच्दा ईलाममा एक जना बृद्धको मृत्यु भएको छ । माई नगरपालिका ५ धोबिखोलाका ८२ बर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले हावाहुरीसंगै ढलेको रुखले किचेर मृत्यु भएको छ । आज बिहानको राती २ बजे पानी सँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख घरमाथि ढलेको थियो । घरमा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी दानाबारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.