करेन्ट लागेर अर्जुनधारामा निर्माण मजदुरको मृत्यु

झापा ,असार २५ । करेन्ट लागेर अर्जुनधारा ६ मा शुक्रवार साँझ एक जना मजदुरको मृत्यु भएको छ । साँझ ५.१५ बजे तिर अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ईलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड १ बस्ने राई करेन्ट लागेर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा अस्पताल ल्याउनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.