द एभरेष्ट शाकोसद्धारा सदस्यहरुवीच अन्तरकृया

दमक,२४ असार । दमक ६ स्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक र कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिमसँगै संस्थाका सदस्यहरुबीच अन्तरक्रियात्मक छलफल गरेको छ ।
आइतबार संस्थाको कार्यालयमा भएको अन्तरक्रियामा संस्थाका अध्यक्ष दिपक खरेल, उपाध्यक्ष रोशनकुमार गौतम, सचिव ज्ञाननाथ पौडेल, कोषाध्यक्ष यामजी श्रेष्ठ, सञ्चालकहरु ताराप्रसाद अधिकारी, सुवासचन्द्र गड्तौला लगायत सहभागी थिए ।
अन्तरक्रियामा सञ्चालकहरुले देशभर आर्थिक समस्या हुँदा संस्थाप्रति विश्वास राखेर गरेको कारोबारप्रति आभार व्यक्त गरे । दायित्व र जिम्मेवारीबाट सञ्चालकहरु पन्छिन नखोजेको भन्दै उनीहरुले साथ दिन आग्रह गरे । त्यस अवसरमा सदस्यहरुले संस्थाप्रति आफूहरुले गरेको विश्वासमाथि घात नगर्न सञ्चालकहरुलाई सुझाव दिए । सहकारी विभागका रजिष्टार हरीबहादुर खत्री र अधिकृत मोहन भट्टराईले सहकारी सम्बन्धि विभिन्न ठाउँमा देखिएका समस्याहरुबारे आवगत गराउँदै बिद्यमान कानुनी अवस्था, सञ्चालन प्रकृयामा हुने त्रुटी र यसका कारण उत्पन्न हुन सक्ने समस्याहरुका बिषयमा पनि जानकारी गराएका थिए । उनीहरुले संस्थाका अध्यक्षसहित सञ्चालकहरु र व्यवस्थापकले के कस्ता काम गर्दा नियम विपरित हुने र बचतकर्ताहरुको बचत रकम जोखिममा पर्ने गर्छ ? भन्ने बिषयमा पनि जानकारी गराएका थिए । उनीहरुले संस्थाका सदस्यहरुनै संस्थाका मालिक र असली हकदार हुने भएकाले संस्थालाई आगामी दिनमा कस्तो बनाउने भन्ने निक्र्यौल आफैंले गर्न सक्ने बताए ।
सो अवसरमा व्यवस्थापक धर्मानन्द भट्टराईले संस्थाको पछिल्लो वित्तीय अवस्थाबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.