झापा,२४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई नियुक्त गरेका हुन् ।
नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने बिना विभागीय छन् ।बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।
आचार्य यसअघि पर्यटनमन्त्री थिए । उनी प्रधानमन्त्री प्रचण्डका ज्वाइँ हुन् ।शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए ।