दमक,२५ असार । जमेको पानीमा डुवेर दमक २ मा एक जना पुरुषको रहस्यमयी मृत्युभएको छ । मृत्यु हुनेमा तेह्रथुम, फेदाप गाउँपालिका वडा नं ४ स्थायी घर भई केहिदिन अघि मात्र दमक आएका ५५ बर्षिय राम बहादुर राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीका अनुसार शुक्रवार राति करिब ९ बजे तिर खेतको बीचमा ती पुरुष गुहार भन्दै एक व्यक्ति कराईरहेको आवाज सुनेका स्थानीयबासीले उद्धार गरिएको थियो । पानीबाट उद्दार गरिएर बाहिर ओभानो ठाउँमराखिएका सो लगत्तै राईको मृत्यु भएको जनाइएको छ ।
मृतक राईको शरीरमा कुनै चोटपटक घाउ नदेखिएको तथा घटनाको विस्तृत अनुसन्धान भईरहेको उनले बताए ।
उनी २१ असारमा तेह्रथुमबाट छोराछोरी दमकमा पारिवारिक भेटघाटका लागि आएको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि शनिबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डिएसपी गिरीले बताए ।