दुःख सुख अनि खुसी

भ्रम सबैभन्दा ठूलो, सर्वश्रेष्ठ सुख हो । भ्रम निवारण सबैभन्दा ठूलो दुःख हो । भ्रम निवारणपछि पनि कोही दुःखी हुँदैन भने त्यो ज्ञानी हुन्छ, सन्त हुन्छ । हो, सत्य थाँहा पाएर पनि रमाउने र दुःखी नहुनु नै खुसी हुने सहि तरीका हो । महान लेखक टल्सटायलले भनेका छन्, सबै खुसी परिवार उस्तै हुन्छन्, प्रत्येक दुःखी परिवार आप्mनै हिसावले दुःखी हुन्छन् । सुख भन्ने कुरा विपना भन्दा सपना वढी हो र यर्थाथभन्दा बढी कल्पना हो ।

दुःख मुल प्रवाह हो भने सुख अपवाद । मान्छेको सबैभन्दा ठूलो दुःखका स्रोत पनि पराइ होइन, शत्रु पनि होइन, उसका परिवार स्वजन र मित्र नै हुन् । यसको अर्थ सपना देखाएर या यो हुन्छ त्यो हुन्छ भनेर आश्वसन वाढ्नु पनि दुःखको कारण हो ।

जसरी कलमले तरवारलाई हराउँछ । त्यसरी नै ज्ञानले दुःखलाई हराउँछ, परिश्रमले दुःखलाई हराउँछ अनि असल सोचले दुःखलाई हटाउँछ । मान्छे तन मन र चेतन हो । तन र मन दुवैलाई सुख नभई मान्छेलाई सुख हुँदैन । त्यही तन र मनको सुखको खोजीमा मान्छेले गर्ने सङ्घर्षको समग्रता नै जीवन हो । वेदान्तले भन्छ, मान्छे शरीर होइन आत्मा(चेतन) हो । फेरि भन्छ आप्mनो सुख आफैमा खोज । म धेरै जान्दछु, मलाई धेरै आउँछ या मसँग धेरै सम्पत्ति छ भन्नु र सोही अनुसार व्यवहार गर्नु पनि दुखको कारण हो । जीवन सुखमा सार्थक र दुःखमा निरर्थक हुने होइन । जीवनको सार्थकता आप्mनो सुखमा होइन, अरुलाई सुख दिन सक्नु हो । यसको लागि ज्ञानको आवश्यकता हुन्छ । किनभने ज्ञानी झुक्छ, बोल्दैन । अज्ञानी बोल्छ, झुक्दैन । ज्ञानी अनावश्यक लोभ र मोहमा फस्दैन । अज्ञानी लोभ र मोहमा फस्छ आनि दुःखको बिऊ आफै रोप्छ । मानिस जीवनलाई वुभ्mन नसकेर दुःखी छ । जीवन र जगत वुभ्mन आफैमा रहेको परमतत्वको अनुभूति गरे पुग्छ । यसको सहज उपाय इमान्दारीता, ज्ञान र ध्यान हो । यी तिन चिज अपनाए जीवनमा आउने हरेक असहज अवस्थालाई सामान्य चक्र मानेर सदा खुसी रहन सकिन्छ ।

जीवनको अर्थ वुभ्mन सजिलो छ । यसका ४ वटा बुदा छन् । स्वास्थ जीवन, सवल जीवन, अर्थपूर्ण जीवन र सुखमय जीवन । गरिव होस या अमिर हरेकको जीवनमा यी चार कुरा रहन्छन् । जीवनमा सबैभन्दा धेरै खुसी स्वास्थ रहन सकेमा आउछ । त्यसैले स्वास्थ नै धन भएिको छ । समान्य र जस्तो अवस्थामा पनि फिट हुनसक्ने जीवन नै सवल जीवन हो । दुःख होस या सुख रमाउन सक्ने मानिस सधै खुसी रहन्छ । जीवनमा वाचेर केही गर्न सकेको या अरुको खुसी फर्काउन या खुसी दिन सकेको अवस्था नै अर्थपूर्ण जीवन हो । यी चार विषयमा हामी सजग छौ भने खुसी आफै आउछ । यसरी नै मानिसको सफल जीवनमा तिन मन्त्र हुन्छन् । व्यस्त मानिसले अर्को पनि काम सिक्न सक्छ, मानिसले आप्mनो जीन्दगीबाट सिक्दै जान्छ र जीन्दगीको भोगाइबाट चुरो कुरो बन्छ । त्यही चुरो कुरो नै जीवन दर्शन बन्दछ । जसलाई अरुले पढेर पालना गर्छन या जीवन जीउन सिक्छन् ।  

हालको समयमा मानिसहरुको जीवन धेरै व्यस्त र तनावम रहन्छ । यसलाई सहज बनाउन केही सहज उपायहरु छन् । ॐ शव्द ब्रह्माण्डको सबैभन्दा शक्तिशाली र पहिलो शव्द हो । सृष्टि सृजनाको समयमा प्रकृति(शक्ति)को स्पन्दनद्धारा उत्पदन भएको उद्घोष नै ॐ हो । यसको हरेक दिनको उचारणले हाम्रो शरिरमा सेरोटोनिन नामक रसराग(हर्मोन) उत्पन्न हुन्छ । जसले मन र शरीरलाई तनाव कम गराई शान्त पार्छ । यसरी नै गायत्री मन्त्र अर्को शक्तिशाली मन्त्र हो जसले नकारात्मक सोच र अनियन्त्रित मनलाई नियन्त्रणमा राखेर तपाइलाई तनाव मुक्त र शान्ती महशुस गराउँछ । यसरी नै हरेक दिन विहान गरिने योग अभ्यास होस या पुजापाठले तपाइमा विश्वास र सकारात्मक प्रभाव पारिरहको हुन्छ । तल केही महान व्याक्तिहरुका वाणी लेखिएका छन् । जसले तपाइलाई हौसला प्रदान गर्ने छ ।

Happyness is not measured by the amount of money you have .It is measured by the wonderful people in your life .

   Smile is a curve that straighthen everything ,

  Smile, because it makes you attractive, it corrects your mood, it lraves stress and it helps you stay positive .

Dont  cry over the past, its gone. Dont  stress about the future, it hasent arrived . Live in the present .

Never complain about the difficulties in life . Because a God always gives the hardest roles to his best .

Well done is better then well said .

Always remamber that your present situation is not your finsl destination . Thr best is yet  to come .

Anger is wind which blows out  the lamp of  the mind .

जसरी सूर्योदय हुनासाँथ अन्धकार हट्छ, त्यसरी नै मनको प्रसन्नताले बाधाहरु शान्त हुन्छन् । विवेकानन्द

तपाई स्वार्थी होइन सेवक बन्नुहोस खुसी आफै आउँछ । विवेकानन्

असफलता त्यसबेला आउँछ जब हामी आप्mनो सिद्धान्त, आदर्श र उदेश्य विर्सन पुग्छौ । विवेकानन्द

शान्तीको सुरुवात मुस्कुराउनुबाट हुन्छ । विवेकानन्द

जबसम्म तपाई आफुमाथि विश्वास गर्नुहुन्न, तबसम्म तपाईले भगवान माथि विश्वास गर्न सक्नुहुन्छ । विवेकानन्द

मात्र प्रसन्नता एउटा यस्तो सुगन्ध हो, जुन अरुमाथी छर्कदा त्यसको केहि अंश आफुमा पनि आउँछ ।

अरुले प्रसंसा गरुन या नगरुन राम्रोकाम गरी रहनुहोस । जसरी आधा भन्दा वढी संसार सुतिरहन्छ तर सूर्य उदाउन कहिल्यै छोड्दैन ।

तपाई आप्mनो सपना पच्छायाउने साहस गर्नुहोस, पुरा हुनेछ ।

विश्वास त्यो शक्ति हो जसबाट उजाड संसारमा प्रकाश फैलाउन सकिन्छ । हेलेन किलर

जब जिन्दगीले तपाईलाई रुने सयौ कारणहरु दिन्छ, त्यसबेला जिन्दगीलाई देखाउनुहोस कि तपाईसँग मुस्कुराउने हजारौँ कारणहरु छन् ।

मधुर बोली सुन्दामात्र राम्रो लाग्दैन त्यसले जीवन निर्माण पनि गर्छ ।

खुसी जति वाढ्यो त्यति वढछ, कहिल्यै घट्दैन ।

हाम्रो आत्मविश्वास जस्तो हुन्छ, क्षमता पनि त्यस्तै हुन्छ ।

जसले वर्तमानको उपेक्षा गर्छ उसले आफनो सबै गुमाउँछ ।

एक निरासावादी मानिसले हरेक अवसरमा अप्ठ्यारो देख्छ । तर, एक आशावादीले हरेक कठिनाइमा अवसर देख्ने गर्छ । विन्स्टन चर्चिल

साहस मानवीय प्रमुख गुण हो । किनभने यो त्यस्तो गुण हो जसले वाँकी सवै गुणलाई ग्यारेन्टी गर्छ । विन्स्टन चर्चिल

स्वास्थ नागरिक कुनै पनि देशको सवै भन्दा ठूलो सम्पत्ती हो । विन्स्टन र्चिलल

म त्यस्तो मानिसलाई मन पराउँछु जो झगडाको समयमा पनि मुस्कुराइरहेको हुन्छ । विन्स्टन चर्चिल

अरुलाई माफ गर्नु कमजोर मान्छेको होइन, शात्तिशाली मान्छेको मात्र गुण हो । महात्मा गान्धी । यो भनेको तनाव पिडा रिस र बदलावको भावना कम गरेर खुसी प्राप्त गर्ने सहज उपाय पनि हो ।

आफु खसीि र सुखी रहनु छ भने तपाईका आवश्यकताहरु कम गर्नुहोस । मात्रात्मक भन्दा गुणस्तरलाई ध्यान दिनुहोस । जती कमाउनु हुन्छ त्यो भन्दा कम खर्च गर्नुहोस । बाँकी वचत गर्नुहोस । खुसी र सुख आउने छ ।

मानिसहरुसँग उनीहरुका जीवन कथा सुन्नुहोस । तिनीहरुले तपाईलाई जीवन जीउने पाठ सिकाउँछन् । हामी तनावमा या चिन्तामा या पछुताउमा परेका छौ भने विभिन्न उपायहरु छन् जसले तपाईलाई सजिलै तनाव मुक्त गराउनसक्छ या खुसी दिनसक्छ । यदि तपाईलाई कसैले सर्वजनिक ठाउँमा या एक्लै भएका ठाउँमा अपशव्द बोल्यो, या कुनै मानहानी हुने काम गर्यो जसका कारण तनावमा या इज्जत गएको ठान्हुन्छ भने त्यसलाई मेरो परिक्षा भनेर सम्झिनुहोस र पीडकलाई क्षमा दिनुहोस । तपाइको उचाई वढने छ अनि प्रसंसा पनि र तनाव आफै हटन्े छ ।

भन्ने गरिन्छ, रुनु कमजोरी पना हो, लोग्ने मानछेले रुनु हुँदैन । तर, रुनु स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ । तनाव या अनावश्यक चिन्ताले सताएको छ भने कुनै दुःखको सम्झना गरेर रुनुहोस तपाइको तनाव या चिन्ता कम हुनेछ । पछिल्लो अध्यायन अनुसार रुनुका धेरै फाइदा छन् । भक्कानो छोडेर या सुक्कसुक्क रुनुलाई स्वास्थकर मानिन्छ । आसुले दुःख चिन्ता शारीरिक तथा मानसिक तनावसँग जुध्न सघाउँछ । रुने मान्छे उच्च रक्तचाप र फिस्चुला जस्ता रोगबाट बच्नसक्छ । यसले आँखाको सौन्दर्य वढाउँछ । मनोदैहिक रोग कम गर्छ । आँखालाई विभिन्न संक्रमणबाट बचाउँछ । आँसुमा भएको लिसोजाइम नामक तत्वले हानिकारक जिवाणु कमगर्छ । यसरी नै नरुले मानिस मानसिक रोगी हुनसक्ने सम्भावना वढी हुन्छ । या दुःख कष्टमा आशु नआउनु मानसिक रोगको लक्षण हो । महिलाहरु पुरुष भन्दा छिटो या सजिलै रुन्छन् । त्यसैले उनीहरुमा पिडा, दुःख या तनाव सहने क्षमता वढी हुन्छ ।

यसरी नै हास्नुका धेरै फाइदा हुन्छन् । भनिन्छ, हसिलो मुहार आकर्षणको प्रतिक हो या अरु प्रति देखाइने सबै भन्दा राम्रो सत्कार हो । हरेक परिस्थितीमा हास्न सक्ने मानिसको जीवन सफल हुन्छ । हास्नु तनाव कम गर्ने राम्रो उपाय हो । हास्दा शरीरका प्रत्येक अङ्ग सकृय हुन्छन् । सकृय शरीर भएका बेलामा विभिन्न प्रकारका रसराग(हर्मोन) र पाचन रस ज्यादा निस्किन्छन् । यसले शरीरमा र मस्तिष्कमा रक्त प्रवाह वढाउँछ । जसले तनाव हटाउँछ । खुसी तुल्याउँछ । निद्रा लगाउँछ । भोक लाग्छ र आशावादी बनाउँछ ।

ताली बजाउँदा ध्यान विरामी, आलस्यता, या कुनै अनावश्यक कुरामा जादैन् । तालीको आवाजले ध्यान केन्द्रित हुँने हुँदा आनन्द महशुस हुन्छ । ताली वजाउँदा हातका सबै विन्दुहरुमा दबाब पर्नेहुँदा मस्तिष्क सक्रिय हुन्छ । जसका कारण तनाव कम हुने, थकाई हराउने, खुसी महसुश हुँने, भोक लाग्ने, गहिरो निद्रा लाग्ने हुन्छ । ताली बजाउदा शरीरका सबै अंगहरु सक्रिय हुन्छन् । अझ तालीले बच्चाको दिमागमा सकारात्मक प्रभाव पर्छ । ताली बजाउने मानिसलाई कमै उमेरमा उच्च रक्तचाप, मधुमेह हुनबाट बचाउँछ भने कपाल झर्न रुघाखोकी लागिरहन ढाड दुख्ने जस्ता समस्या पनि कम हुन्छन् । अझ बुढाबुढीका लागि त ताली राम्रो व्यावम पनि हो । उनीहरुमा सकारात्मक सोच, एकाग्रता अनि मिठो निन्द्रा पनि लगाउने र भोक पनि लगाउने हुँदा खुसी र आनन्द पनि प्रदान गर्छ । यदि हरेक दिन १५÷२० मिनेट ताली बजाउने हो भने स्वास्थ रहन ठूलो भूमिका खेल्छ ।
जीवनको मूल्य के भन्ने कुराले मानिसको दिमाग बिगार्छ ।

ऊ छट्पटाउछ, पिरोलिन्छ । तर जीवनको अर्थ या मूल्य भने यस्तो छ । आफुलाई उपयुक्त लागेको, अन्र्तमनले ठीक ठानेको र यस्तो कर्म गर्दा व्यक्तिगत रुपमा हिनता वोध नहुने, आप्mनो विश्वास हो, र आफुले गरेको काम या बोलीबाट अरुलाई असर नपुगोस भन्ने कुराको बोध भए र सोही अनुरुप चले जीवनको मूल्य प्राप्त हुन्छ ।

हामीले धर्मशास्त्रको अर्थ वुझ्न सके पनि हामीमा अनावश्यक तनाव र चिन्ता रहदैन् । बिभिन्न मन्त्र मध्ये एउटा मन्त्र जसले आफु र अरुलाई पनि खुसी तुल्याउँछ र जीवनको महत्व बुझाउँछ ।

शतहस्त समाहार सहस्त्रहस्त सं किर ।

कृतस्य कार्यस्य चहे स्फति समावह ।।

अर्थात ‘तिमी सय हातले धन आर्जन गर तर हजार हातले दान गर । बल्ल कर्म र कर्तव्यमा उन्नती गर्न सक्छौ ।’ यसको अर्थ खुसी, सुखी र असल हुनलाई आप्mनो कमाईबाट केही दान गर्ने कुरा शास्त्रले पनि भनेको छ । र, यो अत्यन्तै व्यवहारिक पनि छ ।

खुसी र सुखी अनि स्वास्थ रहन आप्mनो शरीरको वजन पनि सही राख्नुपर्छ । आप्mनो वजन कति भनेर थाहा पाउँन शरीरको उचाईलाई सेन्टिमीटरमा नाप्नुहोस । आएको उचाईमा १०० घटाउनुहोस । बाँकी रहेको सेन्टिमीटर बराबर तपाईको वजन । यसमा थोरै मात्र फरक हुन्छ किनभने कोही मानिस धेरै मोटा र कोही धेरै पातला हुन्छन् । यसरी नै  खुसी रहन ५ उपाय छन् । वढी हास्नुहोस र कम गुनासो गर्नुहोस । नयाँ नयाँ साथी र पुराना मित्रसँग भेट गर्नुहोस । परिवारलाई केहि वढी समय दिनुहोस । आशावादी बन्नुहोस र, घुम्नजाने छुट्टी निकाल्नुहोस । भगवान बुद्धले भनेका छन् । स्वास्थ सब भन्दा ठूलो उपहार हो, सन्तोष सबै भन्दा ठूलो धन हो र इमान्दारी सबै भन्दा ठूलो सम्बन्ध हो ।

अर्को महत्वपूर्ण कुरा भनेको आप्mनो मनोबल अच्च राख्न सक्नु हो । तपाई जस्तो अरु कोही पनि छैन् र तपाइको सोच र क्षमता पनि अरुसँग मिल्दैन भने तपाईको अरुसँग तुलना पनि मिल्दैन् । तपाई हरेक दिन सपना देख्नुहोस । सपना पुरा गर्न सक्छु भनेर आफैलाई आस्वस्त पार्नुहोस र मनोबल उच्च राख्नुहोस । हरेक बैज्ञानिक, विजेता असल राजनीतिज्ञले पहिले सपना नै देखेका हुन् । सपना साकार पार्न जिरोबाट नै सुरु गरेका हुन् । सपना सकार पार्न नकारात्मक पक्षलाई आउन नदिनुहोस । यदि आउँछ भने पनि त्यस भित्रको सकारात्मक पक्षलाई समात्नुहोस । दुविधा जस्तै हुन्छ या हुँदैन, सक्छु या सक्दिन भन्ने विचार मनमा आउँछ भने अरु फेल भएर या हारेर पनि जितेका व्याक्तिहरुको नाम सम्झिनुहोस । तपाइको नकारात्मक सोच सकारात्मक भएर आउँछ । चिन्ता तनाव र मृत्य भय हटाउँछ । आफु मर्ने नै हो । अजम्बरी होइन । त्यसैले केहि नगरी मर्नु चै कायर हुनु हो भन्ने कुरा हमेशा याद राख्नुपर्छ । चिन्ता तनाव डर भनेका सहि बाटोमा हिँड्न प्रेरित गर्ने या गलत नहोस भन्ने उपाय हुन् भनेर आफैलाई भन्नुहोस । तपाइको डर चिन्ता कम भएर जान्छ । हौसला वढेर आउँछ । र सफलता प्राप्त हुन्छ । मानिस सफल हुनु भनेको ठूलो काम गरेर नयाँ कुरा पत्ता लगाएर या धेरै पैसा कमाएर मात्र होइन । असल मानिस बन्न सक्नु नै सबै भन्दा ठूलो सफलता हो । असल मानिसको परिचयमा नै तपाईको सफलता लुकेको हुन्छ । तपाईलाई कसैले त्यो मानिस बडो इमान्दार भनेर भन्यो भने तपाई सबैभन्दा धनि र खुसी भएको महशुस गर्नुहुन्छ । यो आफैमा परिचय हो । र अमर बन्ने बाटो पनि हो । - लेखक रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक हुन् ।)

Leave a Reply

Your email address will not be published.