कन्काई,२४ असार। झापाको कन्काई नगरपालिका–३ एकान्त टोलस्थित भित्री सडक खण्डमा आज सडक दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ ।ईलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका–३ की ३४ बर्षीया कमला नेपालको मृत्यु भएको हो । टाउँकोमा चोट लागि घाईते उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्युभएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक कन्काई नगरपालिका–७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।