झापा ,२४ असार । गएको शनिबार भारतको मेघालयमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले मारिने दुई जना नेपाली भएको पुष्टि गरेका हुन् ।
मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई छन् । उनीहरुको शव आफन्तलाई जिम्मा लगाइएको दूतावासले जनाएको छ ।
शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन्।