आबेको निधनमा नेपालले राष्ट्रिय शोक मनाउने

काठमाडौं, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मित्र राष्ट्र आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। आबेलाई गोली प्रहार गरी गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

नेपाल सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ। आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो।

गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published.