कमल,२४ असार । झापाको कमल गाउँपालिका वडा नम्वर ३ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सूचक मध्ये वडा नम्वर ३ ले सबै सूचक पूरा गरेपछि शुक्रवार एक कार्यक्रमका वीच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । वडालाई बालमैत्री वडा घोषणा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गरे ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्र गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्न हरेक वडाले प्रतिवद्धता जनाएका थिए ।
वडालाई बालमैत्री वडा बनाउन सवै सूचक पूरा गरेको र अव घोषणा अनुसार कार्यान्वयन गर्न सवैपक्ष लाग्नु पर्ने वडा नम्वर ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताए ।
वडामा रहेका १ हजार ४ सय ९८ घरधुरीमा महिलाको संख्या ३ हजार ५ सय ५३ पुरुष ३ हजार ५ सय ११ गरी जम्मा ७ हजार ६३ जना जनसंख्या रहेका छन् । त्यस मध्ये १८ वर्ष उमेर मुनिका वालबालिकाको संख्या २ हजार ५६ रहेको छ । कुल जनसंख्याको २९ दशमलब १ प्रतिशत बालबालिका रहेका छन् ।
त्यस अवसरमा वडाले वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम सम्म ल्याउनका लागी सहयोग पुरयाँउने टोलविकास संस्था, बालक्लव, विध्यालय, स्वस्थ्य स्वयमसेवीकालाई समेत सम्मान गरिएको थियो ।