उदयपुर, असार २४ । ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २०१००१ च००५० नम्वरको बोलेरो गाडीले ठक्कद दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २५ बर्षीय रमेश नेपाली रहेका छन् । आज बिहानको राती २ बजे बोलेरो उकालो चढ्न नसकी चिप्लिए पछाडी सर्दा गाडीमा सवार यात्रुहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो । घाईतेलाई तत्काल उपचारकालागि कटारी अस्पताल पुर्याइएको भएपनि चिकित्सकले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको प्रहरीले बताएको छ ।