गजल

सावित्री गिरी
गर्जो नटर्ने भयो मकै बेचेर धान बेचेर
ज्यान बचाउन विवस छु म ज्यान बेचेर

किनबेचको प्रतिबन्ध नलगा न सरकार
यहाँ परान किन्न परेको छ परान बेचेर

त्यो एउटा जमातमा एउटै रोग देखिएछ
ज(जस्ले देश हाकिरहेछन् ईमान बेचेर

कामसुत्रको पुरोहित प्रवचन दिदै थिए
मुस्कान किन्न पाइन्छ अरे मुस्कान बेचेर

न रातमा पहरा हुन्छ न दिनमा पर्दा हुन्छ
खुलेआम डटेको छ बजार मद्यपान बेचेर।
पोखरा १७ असार २०७८

Leave a Reply

Your email address will not be published.